साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानीको होली

खरानी बन्दैछु म केवल तिम्रो खुसीको लागि अनि तिमी उडाउ खरानी खेल होली आखिर तिमीले चाहेको पनि त्यही त हो नि मेरो खरानीको होली ।

Nepal Telecom ad

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’

हरेक क्षण
आगोको ज्वाला निल्दै
मनभित्र गोलीका घाउहरु टाँस्दै
मायाको कोशेली दिएकै थिएँ ।

तर
वन डढेको देख्छन् सबैले
मन डढेको देख्दैनन् कसैले
तिम्रा ती शब्द वाण र व्यवहारका ज्वालाहरु
मेरो स्वच्छ र निश्चल मनमा झनै
क्यालिफोर्नियाको अग्निज्वाला बनेर दन्केको छ ।

अनि
आज म यो अग्नि घेरामा
यसरी जडकिएको छु कि
आफ्नो इच्छा र चाहनाले
मुक्ति पाउन नसक्ने भएको छु ।

त्यसैले,
विध्वंसकारी भुङ्ग्रोमा निरन्तर पिल्सिँदै
खरानी बन्दैछु म
केवल तिम्रो खुसीको लागि
अनि तिमी
उडाउ खरानी
खेल होली
आखिर तिमीले चाहेको पनि
त्यही त हो नि
मेरो खरानीको होली ।

०००
नागार्जुन १०, स्युचाटार, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x