खगेन्द्र नेउपानेप्रवृत्ति
आजभोलि
उनीहरू
मसँग
आँखा पैँचो माग्छन्
र, फुटाएर फिर्ता गर्छन् !
आजभोलि
उनीहरू
मसँग
मुटु पैँचो माग्छन्
र, टुक्य्राएर फिर्ता गर्छन् !
आजभोलि
उनीहरू
मसँग
माटो पैँचो माग्छन्
र, परदेश बनाई फिर्ता गर्छन् !
आजभोलि
उनीहरू
मसँग
मस्तिष्क पैँचो माग्छन्
र, विकृत पारी फिर्ता गर्छन् !
आजभोलि
उनीहरू
मसँग
छाला पैँचो माग्छन्
र, च्यातेर फिर्ता गर्छन् !
फुटाउनेले जोड्न जान्दैन
च्यात्नेले सिउन जान्दैन
लडाउनेले उठाउन जान्दैन
कस्तो विडम्बना !
आजभोलि
उनीहरू
मसँग
आकाश पैँचो माग्छन्
र, चन्द्रमा लुकाएर फिर्ता गर्छन् !
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































