धनराज गिरीघाँस मात्रै चर्छ अभागीले
काम भन्दा कुरा धेरै गर्छ अभागीले
दिमागमा रिसै रीस भर्छ अभागीले ।
पराइको निन्दा अनि फगत् खुराफात
यति गर्दै जलन -नदी तर्छ अभागीले ।
अमृत पनि बिष हुन्छ नजरमा उसको
जहाँ पनि जहर मात्रै छर्छ अभागीले ।
अन्नसित कैले पनि हुन्नक्यारे भेट
किन होला ? घाँस मात्रै चर्छ अभागीले ।
किन दिनु बिनासित्ति दोष अरुलाई ?
आफ्नू भाग्य स्वयम् आफैं हर्छ अभागीले ।
चितवन
Subscribe
Login
0 Comments
Oldest







































