साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खामभित्रको दाम

Nepal Telecom ad

खाम र दाम सबै मानवले जानेको नाम हो । मनको बह तह लगाउन होस् या घरमा सह ल्याउन को हो को हो लाई पनि खामको जोहोले अहो गुन लगाउँछ । आजभोलि खाम र दाम नभएका मान्छेहरू मरेपछि परमधाम पुग्न हम्यै पर्ला । किनकि जीवित छदा पिण्ड पानीको जोहो नगरे मरेपछि के खाने ? प्रत्यक्ष दृष्टिपात नहुने गोप्य व्यवहारबाट मुक्ति पाउन वा पार लाउन लभलेटर होस् वा जबलेटरलाई खामभित्र कोचेर जाओस् या आवोस् भन्ने सोचेर आदान–प्रदान गरिने पत्रको बाहिरी बोक्रो आवरण या कलेवर अर्थात् खोलको नाम नै खाम हो भने मानव मुर्दा हुनुपूर्व जीवित मान्छेले खेलाउने चलाउने या धनी गरीब कहलाउने रूपैयाँ पैसाको नामचाहिँ दाम हो । यस्तो बुलन्द प्रजातन्त्रको बाढीमा पनि बन्द खामको बिगबिगी देख्दा यहाँहरूमा नजानि“दो पाराले जिज्ञासा जाग्नु स्वाभाविकै हो र यहा कनीकुथी निदानको प्रयास हुनेछ ।

बदलिदो परिस्थिति तथा विश्व वातावरणलाई मध्यनजर राखेर चलाख, हुने तथा नहुने मनुष्यले खामभित्र दाम राखेर गोप्य अनि भरपर्दो उपायद्वारा लेनदेन गरेको म आफैले भोगेको छु । धनका अभावमा होस् वा सम्मानको भावमा खामभित्र दाम राखेर आत्मीयताको तोरण बाट्न ख्याल मज्जा त आउँदैन । यसरी खाम र दामको माध्यमद्वारा आत्मीयताको तिरो तिर्न वा ऐचोपैचो गर्ने विकृति संस्कृतिको रूपमा मौलाउँदैछ वा भनौं समाज बौलाउँदैछ । या भनौं हरमानवलाई नसा तथा दशा लाग्दो छ त्यसैले खामभित्रको दाम जाग्दो छ । आउँदा दिनमा खामभित्र दाम नराखी नांगो द्रव्यमात्र टक्र्यायो भने त्यो सज्जन सोझै अपमानको भुमरीमा पर्छ र उल्टो दातालाई नै आँखा तर्छ अनि पर पुगेर धारे हात लगाएर मर्छ । किनकि यस युगका मानव सभ्यताको सुसेली सुसेल्दै खामभित्रको दामसँगै सती जान ज्यादै उत्साहित छन् ।

अप्ठ्यारा घुम्तीहरूलाई खामभित्रको दामले राम्ररी सोझ्याउने काम गर्छ । हामीले नाङ्गो डलर एकार्कालाई हस्तान्तरण गर्दा पनि नाक चेप्र्याउने सज्जनलाई चाम बाँधेर गोडा दुएक दाम खामभित्र कोचेर मृदु मुस्कानसहित डर नमानी करमा राख्दै ढोगौं । प्रतिफलमा सज्जन त्यसै मख्ख खामको काम देखेर हामी पनि ढुक्क, प्रत्यक्ष बोल्ने छैनन् कोही चु“क्क, घरमा पनि खर्च बढ्यो भनेर हुँदैन साँक्क सु“क्क । कस्तो लाग्यो खाम अनि दामको काम ।

खामभित्रको दामलाई “खामवन्दी प्रथा” को नामले पनि जान्नुपर्ने हुन्छ । खामभित्रको दाम दान दक्षिणाको फाँटमा मात्र हावी नभएर पुरस्कारको क्षेत्रमा तेत्तिकै फैलिदो छ । उत्तम काम गर्न उद्यत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव चोलालाई पुरस्कृत गर्नैपर्ने ठहर भएमा दामको जोहोमात्र होइन, खामको प्रबन्ध गर्नु पनि यस शताब्दीको माग हो । आफ्नो वित्तीय औकातले खामेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेहरालाई चिहाएर खामभित्र दाम खाँद्ने र कम कम गम लगाएर भए पनि बन्द गर्ने अनि घुक्र्याउने कुरा बिर्सिएर फुक्र्याउनेतर्फ लाग्ने । यस्तो उत्तम उचित एवं अनुकरणीय व्यक्तित्वको सम्मान गर्न पाउँदा खुसीले हड्डी हाँसेको छ । हर्षले मेरो आन्द्रा नाचेको छ । पुुरस्कार संस्थापक समितिले उचित व्यक्तित्व जाँचेको छ । आउँदा सालको लागि पनि ऐ.ऐ. व्यक्तित्व भनेर औ“ला भाँचेको छ । यस्तो अन्तर्राष्ट्रिय व्यक्तित्व कहलिन उहाँका शुभचिन्तकलाई पनि हुट्हुटी मिलोस् । समयको पावन्दीमा ज्यादा के बकू । खामबन्दी पुरस्कार ग्रहण गरिदिनु हुन……….।

पुरस्कार दिएकै हो । खाए खा नखाए घिच । व्यक्तित्वको ओजस्विताको धार कति लाग्नेछ, कसी नलाई फलानो पुरस्कार फलानालाई भन्दै अँध्यारामा लठ्ठी हानेका छन् । रोएका छन् कि हाँसेका छन्, सोध्नु पुछ्नु फुर्सदभित्र पर्दैन । नानाभाँतीका सज्जनहरू खामभित्र दाम र बाहिर नाम राखेर काम ताकेर विविध पर्लयंकारी कार्यको बिट मार्ने गर्छन् । फलतः गोप्य परिपत्रमा कसै न कसैको सत्र पल्टिन्छ, पल्टाईराखेका छन् भने खामभित्रको दाम र कामलाई चानचुने भन्नुहुन्छ र ? व्यक्तिको व्यक्तित्वमा निखार ल्याउन पुरस्कारको दाहिने हात हुन्छ भन्ने कुराको पुष्टि सामाजिक रहन सहन र लेनदेनबाट छर्लङ्ग हुन्छ । असन्तोषीको आँखामा छारो हाल्नहोस् या ≈याउ नभएका पुरुषार्थीलाई दाउ यस्तो सभ्य संस्कारको जन्जाल वा दलदलबाट मुक्ति दिन खामभित्रको दामको ठूलो काम हुँदैन त ?

फूलबारी, पोखरा
‘ऋषिमुनिका सन्तान सिसीमुनि’ हास्व्यङ्ग्य सङ्ग्रह २०७० बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x