साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हातेमालो अभियान नेपालद्वारा स्रष्टाहरु सम्मानित

Nepal Telecom ad

बैशाख १८ गते, २०७१ | राष्ट्रिय नाचघर काठमाडौँमा हातेमालो अभियान नेपालले आफनो दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो | हातेमालो अभियान नेपालका अध्यक्ष रुपा महतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माननीय उधोग मन्त्री कर्णबहादुर थापा हुनुहुन्थो |

सो कार्यक्रममा प्रमुख अतिथि माननीय उधोग मन्त्री कर्णबहादुर थापा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, शुभ तिवारी, मोनिका शाही र साना तथा मझौला व्यवसायी महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवालले कार्यक्रममा आ आफ्नो मन्तब्य राख्नु भएको थियो |

सो कार्यक्रममा हातेमालो अभियान नेपालका तर्फबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो | सम्मानित हुनुहुनेहरुमा वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहोरा, साहित्यकारहरु राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, सीता भटराई, प्रेम राई, कल्पना अधिकारी,साना तथा मझौला व्यवसायी महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल करातें महासघका सचिव ओमकृष्ण प्रसाईंलगायत हुनुहुन्थो |

सोहि कार्यक्रममा विभिन्न कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो |

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x