साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागिर

Nepal Telecom ad

१.
जागिरेहरू कागतीजस्ता–
जति टुक्रा हुञ्जेल काटे पनि हुने
जसरी निचोरे पनि हुने
जसरी चुसे पनि हुने
पानीमा हालेर सर्बत बनाउन सकिने
चियामा हालेर ‘लेमन टी’ पनि बन्ने
भातमा मुछेर पनि खान सकिने
बारीमै फलाउन पनि सकिने
बजारबाट किन्न पनि सकिने
चुसेर निचोरेर खोक्रो भएपछि
जता फाले पनि हुने
जे गरे पनि हुने !

२.
जागिरेहरू चुइङ्गमजस्ता–
सस्तोमा किन्न सकिने
मुखमा हालेर खेलाउन सकिने
फाल्न मन नलागे चपाइरहन सकिने
फुकेर फुल्याएर प्याट्ट फुटाउन सकिने
मुखभित्रै राखेर बाजा बजाउन सकिने
जसरी चपाए पनि हुने
जसरी खेलाए पनि हुने
खेलाउन र चपाउन मन नलागे
जसरी हुत्याए पनि हुने
जता हुयाउन पनि हुने
जे गरे पनि हुने !

३.
जागिरेहरू रोटी पकाउने पिठोजस्ता–
पानी हालेर मुछ्न सकिने
मुछेर डल्लो पार्न सकिने
डल्लोमाथि मुक्का हिर्काउन सकिने
गोल्याउन सकिने, चेप्ट्याउन सकिने
बेल्न सकिने, पेल्न सकिने
तातेको ताबामाथि हाल्न सकिने
परौठा, तन्दुरी जे बनाए पनि हुने
चटनी, तर्कारी जेसँग खाए पनि हुने
जे गरे पनि हुने !

४.
जागिरेहरू फूटबलजस्ता–
बजारबाट ल्याएपछि
लात्ताले मनपरी हान्न सकिने
जसले जता हाने पनि हुने
जसले जसरी खेले पनि हुने
बेकह्याम र म्याराडोनाले खेले पनि हुने
पेले र रोनाल्डोले खेले पनि हुने
यताबाट उता र उताबाट यता ल्याउन सकिने
हावामा उडाए पनि हुने, भुइमा गुडाए पनि हुने
फुटेर काम नलाग्ने भएपछि
जुनसुकै डम्पिङ्–साइटमा हाले पनि हुने
जे गरे पनि हुने !

५.
जागिरेहरू सार्वजनिक शौचालयजस्ता–
जतिबेला गएर बसे पनि हुने
जतिबेला गएर उभिए पनि हुने
जसरी प्रयोग गरे पनि हुने
प्रयोजन सिद्धिएपछि नाक थुन्दै
बाहिर निस्कन सकिने
सफा भए पनि हुने, फोहरै रहे पनि हुने
जे गरे पनि हुने !

६.
जागिरेहरू कस्ता–कस्ता
कुमालेको हातको माटोजस्ता
डिलरको सस्तो मट्टितेलजस्ता
तर,
किन हुँदैनन् आगोजस्ता ?
किन हुँदैनन् भुङ्ग्रोजस्ता ?
भूत बनेर तर्साऊ ।
काल बनेर लखेट ।
नत्र रहन्छौ सधै यस्ता ?
कागती, पिठो आदिजस्ता !?

gopalbir@yahoo.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x