साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोटोमा

Nepal Telecom ad

शङ्काको पखेटामा उडिरहेछन् चराहरू
अनगिन्ती प्वालझैं देखिने
तैनाथ ताराका आँखाहरू टाँगेर
छपनीजस्तो घोप्टो आकाश
रातभर धर्तीको जासुसी गरिरहेछ
किसिम–किसिमका पराई जहाजहरू
समुद्रपारिका चस्मा र मगज ओसारिरहेछन्
जङ्गलले छोपिएको शीवपुरी डाँडो
आँखा चिम्लेको बहाना गर्दै
व्यारेक–बङ्कर मार्फत एसएलआरका प्वालबाट
मानिसका हरेक चाल नियालिरहेछ
चुच्चे फुलचोकी पर्वत
कुनै पार्टीको धुर्त सदश्यझैं दाउ हेरिरहेछ
चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि
दक्षिणतिर चुपचाप बसेको
बनियाँ छिमेकी झैं सब चाल चियाइरहेछ
पत्तो छैन कुनबेला काठमाण्डूले
मुलुकलाई कुन भीरमा खसाउँने हो
तथापि फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरङ्कुश काठमाण्डू !

भिमसेनको पालादेखि धरहरा
आकाश घोचेर दिनभरि घाम खाँदै
रातभरि शीत पिउँदै गुजारा चलाइरहेछ
नाङ्गो शरिरभरि स्वणै–भष्म घसेको स्वयम्भु
कहिल्यै नभरिने भिक्षापात्रको दुईचार मुठी शान्तिले
युग–युगदेखि दुनिया पाल्न बाध्य छ
धसिंगरे गँजडी ‘पशुपतिनाथ’लाई
मन्दिरभित्र नाङ्गै थुनेर
पित्तलको साँढे पनि नाङ्गै सेन्ट्री बसेको छ
थोत्रो र भद्दा मुजुरा–घरभित्र
संसदमा स्वाँठहरू नाचगानमा मस्त छन्
कसैलाई पत्तो छैन कुनबेला काठमाण्डूले
मुलुकलाई कसको थाङ्नामा सुताउँने हो
तथापि फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरङ्कुश काठमाण्डू !

गाउँबाट सहर पसेका मानिसलाई काठमाण्डू
विशाल बजारमा नाफाखोरको तालिम दिन्छ
पार्टीका काखीबाट छिरेका सुकुलगुण्डालाई
हातमा मुलुकको तालाचाबी दिन्छ सिंहदरबार
सिल्लीहरूलाई विश्वविद्यालयको
दिमाग भुट्ने घाँडो प्रोफेसर बनाउँछ
कानुन मुताबिक डकैती गर्नेहरूलाई
विशिष्ट श्रेणीको आदर–पत्र दिन्छ
कतै काम नलागेर
कामाण्डुमा डम्प गरिएका बेकामे विदेशीलाई
घरज्वाइँको माला पहिराउँछ चारखाल अड्डा
पत्तो छैन कहिलेदेखि काठमाण्डूले
मुलुकको ह्याकुलाका चोक्टाहरू
कुन तन्दुरी वा सेकुवा पसलमा बेच्ने हो
तथापि फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरङ्कुश काठमाण्डु !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x