साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी

Nepal Telecom ad

लुगा यसो पन्साएर तपाईंं आफ्नो सुन्दर भुँडी हेर्नुहोस् … फेरि भाग्यवश पित्तलभुँडे हुनुहुन्छ भने एउटा ऐनामा भुँडी हेर्नुहोस्– अचम्मको देख्नुहुनेछ यसलाई । चाहे एउटा अमेरिकनको आँखाले हेर्नुहोस् या कुनै ब्रिटिसको चस्माले हेर्नुहोस् या कुनै गोर्खालीको आँखाले । ठूलो देख्ने ऐनाले यो भुँडीलाई हेर्नुहोस् –यो भुँडी एकसमान पाउनुहुनेछ । यसरी यो भुँडी कट्टर साम्यवादी देखिए पनि भित्री तहमा भिन्नता राख्छ, यो अन्तर्राष्ट्रिय भुँडी बाहिर एकै देखिए पनि वास्तवमा भित्र फरकै हुन्छ ।

कोही भुँडीमा– मानिलिनुहोस् एकजना सेडजीको भुँडीमा घिउ र गुलियो मात्र पाइन्छ त एउटा अङ्ग्रेजको भुँडीमा उसिनेको झारपात पाइनेछ, कुनै बङ्गाली भुँडीमा माछाको यमराज पाउनु आश्चर्यको कुरा नभए तपाईं गोर्खाली हुँ भन्ने कसम खान सक्नुहुन्छ भने– आफ्नो भुँडीमा रातो बगडा पाउनुहुनेछ…….टाढाको के कुरा, गोर्खालीहरूमा पनि कुनै नेवारे भुँडी हेर्नुहोस् ढाडिएको चिउरा पाउनुहुनेछ । तात्पर्य के भने भुँडी अन्तर्राष्ट्रिय भए पनि यसका भित्र हजारौँ भिन्नता पाइन्छन् ।

भोजसम्बन्धमा यो भुँडी स्त्री–पुरुष दुवै जाति (सेक्स)मा एकसमान छ तर प्रकृतिप्रसङ्गमा भने यही साम्यवादी भुँडीले एकजना मान्छेलाई आमा र अर्कोलाई बाबु भन्ने प्रमाणपत्र दिन्छ– भुँडीको यो भिन्नता भानुभक्तको चित्र र मूर्तिमा जस्तो भयानक छ– छर्लङ्ग छुट्टिन्छ !!

राजनैतिक आँखाले भुँडीलाई हेर्नुप¥यो भने यो बडो प्रगतिशील देखिन्छ – पचास वर्षअघिभन्दा आज पचास गुणा बेसी भुँडीहरू रित्तै भए पनि बजारमा घुम्नु भाग्य ठान्छन् । कुनै बालक भुँडीविना जन्मेको कहीँ छ के त ? जति बालक जन्मन्छन्– उत्तिको ठिका लिएजस्तो छ । अतः राजनीतिले भुँडीलाई बालक–जन्मसङ्ख्यामा राखेर अलग्गै बस्नु उचित ठान्छ ।

अब आर्थिक चस्माले भुँडीकोक व्याख्या गरौँ– हप्ताभरि काम गरेर तीन रुपियाँ पाइन्छ, घरमा आठजना नानीहरू छन् । नानीहरू भएको त राम्रै हो तर आपत् के छ भने ती प्रत्यक नानीको छातीमुनि दुई खुट्टाको आडमा झुन्डिएको छ एकओटा भुँडी । यस्तो रवाफले भुँडी बसेको छ – अहो !

त आफैँले नजानेको अर्थाशास्त्र पर सारेर यो भुँडीलाई एउटा थियोसोफिस्टको आँखाले विचार गरौँ – जब सात तत्वले बनिएको यो शरीर एकदुई गर्दै क्रमशः सातै स्तर नाघेर तल मसानघाटमा पुग्छ, त्यो बेला छायाशरीरले पनि चेतनशरीर छाडेर अन्तिम ‘जय गोर्खा’ भन्छ अनि चेतन जड भएर ‘सप्लाइ अफिस’ कुद्छ तब यो भुँडी स्याप्प सुक्दै जान्छ – सुक्ता–सुक्ता जब प्रथम स्तर स्थूल शरीर तेस्रो स्तर मरणलोकमा पुग्छ तब भुँडी बनाउने परमाणुहरू पछि टुक्रा–टुक्रा भएर हिरोशिमामा पड्किन्छ ।

यो चर्चा परमाणुका अन्धभक्त थियोसोफिस्टहरूलाई एटम बमको थियोसोफिकल आलोचना गर्नमा छाडेर यो श्रीयुक्त भुँडीलाई सामाजिक दृष्टिले हेरौँ, कुनै अछूत शरीरले पकाएको हलुवा बाहुनको भुँडीमा पनि हलुवैको रूपमा पुग्न सक्छ, भुँडी जातभात नमान्ने हुनाले महात्मा पेट भने सुहाउँछ तर जनै यस्तो छ कि बाजेको राल सुकाएर कानमा झुन्डिन पुग्छ । अस्तु ! संसारलाई एकतामा ल्याउन सक्ने महात्मा भुँडीलाई सामाजिक आँखाले हेर्दा यी ‘बाहुन–बाजे एण्ड कम्पनी अन लिमिटेड’लाई चिमोटेर नमारी भएको छैन ।

अब विभिन्न व्याख्याहरू छाडेर दिनैपिच्छे घट्ने दृश्य हेरौँ – चौरस्तामा रिक्सावालहरू भुँडेहरूलाई कलेज पढ्ने साीहरूले झैँ फर्केर पनि हेर्दैनन । गानो दुख्न थालिहाल्छ ! फेरि फेरि कत्तिकै पटुकाले कसे पनि पित्तले भुँडी घरमा राखिछाड्न सकिन्न, झन् उकालो हिँड्नुप¥यो भने त चार्ली चैपलिनको नाक पिनाश लागेर झर्छ । साथीहरूमा भुँडे केटा प्यारो हुन्छ– भुँडे केटी फेल हुन्न ! पुलबजारदेखि दार्जिलिङ आउँदा घोडाको छातीले भुई छुन्छ– भुँडी सराफी चढेको छ भने !

भँडीले तपाईंलाई नसुहाउँदो देख्छ भन्ने कुरो होइन– भुँडी व्यक्तित्व (पर्सनालिटी) पनि हो । बजार, खेल, तमासा, नाटक तथा सभामा भुँडे मान्छेको भुँडीमा नै सबैका आँखा पर्छन् तर ढाडमा पर्दैनन् । गोर्खालीहरूमा पर्सनालिटी बेसी स्त्रीजातिको हुन्छ– अर्थात् गोर्खालीहरू कोही त अचाक्ली नै भन्नेलायक हुन्छन् । अतः यो भुँडी तबला, ढोलक वा अभिशाप मात्र भएर धनी मान्छेहरूको साइनबोर्ड पनि हो । तर रित्तो भुँडीमा दाँत किटिएको राम्रै सुनिन्छ ! जे भए पनि, जस्तै भए पनि भुँडी चाहिने कुरो हो– यी भुँडीहरूले U.N.O. (you know) खोलेको दिन मात्र कुनै सरकार स्थायी रहला ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भुँडी

भुँडी

अच्छा राई रसिक
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x