साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालबालिकाका माझ साहित्यकार

Nepal Telecom ad

काठमाडौं, आरम्भको आफ्नो ४५ औं शृङ्खला यसपटक प्रणवानन्द आश्रमस्थित स्कुलका विद्यार्थीहरू माझ बहुभाषिक काव्य गोष्ठी सम्पन्न भयो । हास्यव्यङ्ग्य क्षेत्रका चर्चित कवि अर्जुन पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा इन्दु अंसु, भिजन गुरागाइँ, बुद्धि मोक्तान, खगेन्द्रा खुश्बु, पवित्रा घिमिरे, मेदिनीकुमार केवल, जीवराज घिमिरे, जनार्दन अधिकारी, रघुनाथ अधिकारी, ईश्वरी कार्की वर्षा, गणेश खतिवडा, सुशिला खड्का हसिना, राजेश चोच्छे, ऋचा, विजय विश्वास, जीवराज बुढाथोकी रसिक, प्रेम ओली, प्रभाकर पाण्डे, अर्जुन पराजुली लगायतका दुई दर्जन कविहरूले नेपाली, अवधी, संस्कृत र अङ्ग्रेजी भाषामा कविता, गीत, गजल र मुक्तक सुनाएका थिए । विद्यालयका चार बालबालिकाले पनि कविता वाचन गरेका थिए ।

आरम्भका अध्यक्ष प्रेम ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालीप्रसाद पोखरेलले वाचन गरिएका कविताहरूको समीक्षात्मक टिप्पणी गरेका थिए । रघुनाथ अधिकारीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा आश्रमका प्राचार्य राजाराम यादवले धन्यवाद ज्ञापन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x