साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको वर्तमान शिक्षा

Nepal Telecom ad

नेपालको वर्तमान शिक्षा
दिन लायक छैन दीक्षा
विद्वान् पनि माग्छन् भिक्षा
खै ! कसरी गर्नु यसको समीक्षा ?

परीक्षा प्रणालीको भएको छ दशा
चोरी र चीटमै छ सबैको आशा
छाएछ सबैमा निराशै– निराशा
तै पनि छन् नोकरीको ठूलो अभिलाषा ।

पढ्ने जति अहिले पनि छन् बलवान्
पाई थुप्रै मान–सम्मान छन् इज्जतवान्
ढोगिन्छन् नित्य पाउँछन् सम्मान
छन् उनको बुद्धि–विवेक, आचरण र वाणी महान् ।

पढे पनि काम नपाइ गर्दैछन् लुटपाट
चोरी डकैती र झैझगडामा पनि हुन्छ आफ्नै हात
के गर्ने ? आखिर चाहिन्छ सबैलाई दाल र भात
विभिन्न दलमा फँसी दिइरहेछ जीवनलाई मात ।

तै पनि भन्छौँ हामी हौ महान्
वास्तवमा हो यो हाम्रो नक्कली सान
महान् बन्न पढ्नुपर्छ मेहनतसाथ लगाइ ज्युज्यान
फेरि सप्रिने छ शिक्षा प्रणाली र बन्ने छौँ महान् ।

जनकपुर– ६, धनुषा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x