साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जो जससँग सम्बन्धित छ

Nepal Telecom ad

हे न्यायका संवाहक र न्यायालयका तलवीहरू हो
किताब, किताबमा तिम्रो मान, तिम्रो प्रतिष्ठा सुनाम छ
आशाका केन्द्रबिन्दु र धरोहर मानेर मात्र के गर्ने
शहर शहर, गाउँ गाउँ, बस्तीबस्तीमा बदनाम छ ।

तिमी कहिल्यै नसच्चिने गरी दलदलमा पसिसक्यौ
उपचार र निको नहुने गरी रोगबाट फसिसक्यौ
राष्ट्रव्यापी रूपमा सर्वपूज्य जनताको राय लिँदैछु
तिमी जे जस्तो छौ तिमीलाई सुहाउने सुझाव दिँदैछु ।

तिमी हिलाम्य पोखरीमा भैंसी आहाल खेलेको नियाल
र भ्रष्टाचारको हिलाम्य पोखरीमा आफैं आहाल खेल
तिमी सिनोमाथि–माथि गिद्धहरू घुमेको खुब निहाल
अनि अपराध, मुद्धा, अभियुक्त खोज्दै खुब खुब डुल ।

तिमी च्यानल, प्यानल इत्यादि जे मिलाउनु छ मिलाऊ
जसलाई, जहाँ जे–जति जसरी भिडाउनु छ भिडाऊ
बुट, सुट लुट जस्ता शक्तिकेन्द्रहरूमा वल लगाऊ
भगवान्हरूलाई पुष्पजल र मिठो फल चढाऊ ।

फोस्रो वचन दिई जति सक्छौ पीडितलाई छल गर
जोर जाम छलछाम, सामदामको उच्च प्रयोग गर
लामो लामो सास भित्र लिई आफ्नो पेट खुब फुलाऊ
आफ्ना श्रीमती, छोरा नाति पनाति सम्झी खुब लुँड्याऊ ।

कानुन, न्याय र शुद्धता शब्दलाई सकेसम्म नचाऊ
महल बनाई मोटर किन मोबाइलको घण्टी बजाऊ
तास, चुरोट रक्सी खालमा बसी न्यायको खिल्ली उडाऊ
आँखै देख्दैन, न बोल्छ, न्यायलाई रसातलमा पु¥याऊ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गुट महिमा

गुट महिमा

भोजराज आचार्य
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x