साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री

Nepal Telecom ad

“को हौ ?” “मन्त्री म हुँ” “छ काम कुन ?” “त्यो भण्डार रित्याउने”
“के गर्छौ ?” “अरुको मलाई” “कसरी ?” “सर्वस्व रित्याउने”
“को हो मित्र ?” “उ भ्रष्ट बन्छ यसरी” “के मा छ आनन्द रे ?”
“राष्ट्र«ैको ढुकुटी उडाइ परदेश घुम्नू खुवै मोज रे !”

“के खान्छौ ?” “घुस खान्छु टन्न” “कसरी ?” “पत्नी सबै गर्दछिन्”
“पैसा हुन्छ कहाँ ?” “विदेशतिरका भण्डारमा पर्दछन्”
“के हो धर्म ?” “बनाउने महलका अग्ला ती अट्टालिका”
“के ले पार्दछ दिक्क ?” “काम दिनदिन मन्त्रालयै धाउँदा ।”

“के रोग लाग्छ ?” “विदेश घुम्न रिँगटा” “कुन दृश्यमा माधुरी ?”
“मातेको मदमा झुमेर सहसा सौन्दर्यको पाखुरी ।”
“कस्तो बात मिठो ?” “फकाइ जनता, लठ्याइ आश्वासन
जो भेट्छन् गरुँला म भोलि उनको काम्काज भन्ने मन ।”

“कैलेसम्म रहन्छ मन्त्रि पद यो ?” “बाँचू म जैलेतक”
“के भन्छन् अरुले ?” “भनून् जुनसुकै कूरा, छ के मत्लब ।”
“बाचा पूर्ण भए चुनाव ल्याउँदा ?” “उठ्यो अलि खर्च ता
फेरि जित्छु चुनाव, हार्छु कसरी ? खर्चन्छु पैसा म ता ।”

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x