साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो युग आयो ?

Nepal Telecom ad

सोझो भए सबले पेल्ने
कस्तो युग आयो ?
फटाहाको राज कत्रो ?
देश यसले खायो ।।

म हुँ बाहुन भनी हिँड्छ
जाँडमा छ टन्न ।
पण्डितका गिद्धे दृष्टि
मन हुन्छ खिन्न ।।

जनताको सेवक भन्छ
आफू मोज गर्छ ।
मौका परे हरे शिव
जनता नै लुट्छ ।।

जता गयो उतै भ्रष्ट
देश भयो रोगी ।
नालायक नेता हाम्रा
जनता भए जोगी ।।

युवा जति विदेशतिर
देशमा छैन काम ।
गरी खान कठिन भयो
कति दिने दाम ?

जनताको लागि भनी
आन्दोलन गर्ने ।
जनतालाई भेडा बनाई
आफू कुर्सी चढ्ने ।।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x