साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त संविधान ?

Nepal Telecom ad

नेपालका नेताहरूको तान्न पर्ने हो कान
वर्षौंवर्ष बितिसके खै त संविधान ?
सयौँ दलमा यी नेताहरू बाँडिएका छन्
प्रधानमन्त्रीको कुर्सीमा आँखा गाडिएका छन् ।

जनतालाई त नभै भएन यो संविधान
छ सय सभासद हुँदा पनि छैन छिनोफान
जेठ चौधमा बनाउँछौँ भनी देखाएथे सान
अहिले हेर नसकेर थुनेका छन् कान ।

चिन्ता छ एउटै कुराको यिनीहरूलाई
देशको ढुकुटी सकाएर खल्ती भर्नलाई
देशको विकास गर्न कहाँ हो कहाँ सोच्छन्
आफ्नो लागि भोट मागी भाषण गर्नलाई ।

सबै जनता मिलौँ अब असल नेता रोजौँ
माकुने, बाबुुराम हैन अब मन्डेला जस्ता खोजौँ
यी नेताको म्याद थप्न बाहेक छैन कुनै काम
दिन, हप्ता, महिना बिते खै त संविधान ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x