साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा कथा

Nepal Telecom ad

जङ्गलमा स्यालले

सिंहको शासन चलाउने
जिम्मा पायो ।
जनावरहरू मार्यो
केही सिंहको पाउमा चढायो
केही आफैले खायो ।
दिन दिनै मरिने त्रासमा
बाँच्न विवश जनावरहरू
नियतिलाई सराप्दै थिए ।
ब्वाँसोले उनीहरूलाई भन्यो
हामी एक भए सिंह मार्न सक्छौं
र हामीले फेरि अकाल मर्न पर्दैन ।
ब्वाँसोको नेतृत्वमा
जनावरहरूले सिंहको राजमा
धावा बोले ।
मर्नको त्रासबाट मुक्ति चाहनेहरूले
नस्लको मुक्तिको लागि
मृत्यु वरण गरे ।
ब्वाँसोको नेतृत्वमा गएको टोलीले
स्यालको शिकार गरेर
सिंह मारेको फुई हाँक्यो ।
जनावरहरू मारिन छोडेका छैनन्
सिंह मरेको छैन
त्रास घटेको छैन ।
हिजो र आजमा
फरक पक्कै छ
स्यालको ठाउँमा ब्वाँसो छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x