साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काउछो

Nepal Telecom ad

नेता ’बाँदर’ झैं भर्याङ जनता, सत्ता उपल्लो तला
चढ्दै स्वाद लिई रमाउन सिके, ठग्ने अनौठो कला ।
साँचो हो कि त भान पार्न यिनले, गर्छन् मिठो भाषण
वाणीमा सब यी ’युधिष्ठर’ बने, हुन् क्रूर ’दुस्शासन’ ।।

सारा देश दुखेर पीडित हुँदा छन् द्रव्यमा लोलुप
जान्छन् देश विदेशका सयरमा को बोल्छ सारा चुप ।
सत्ता, शक्ति र स्वार्थ प्रेरित भई नेपाल लुट्छन् कुनै
कोही राहत लुट्छ भै नकचरो हो पाल लुट्छन् कुनै ।।

‘गाई’ हुन् जनता र ‘डाँस’ सरि छन् नेताहरू शोषक
हुन् ’किर्ना’ र ’जुका’ सदैव यिनले चुस्छन् भए सम्भव ।
छाडा छन् न छ लोकलाज, क्षमता, मान्छन् न यी कानुन
नेता कानुनमाथि हुन्छ कसरी चल्थ्यो सही शासन ।।

नेता ‘गिद्व’ समान हुन् सब जना, सत्ता ’सिनो’ झैं छ यो
गर्छन् झैझगडा, र लुछाचुँडी सधैं बानी न हो गिद्धको ।
पाए शान्त भई हसुर्छ नमिले, विद्रोह गर्ने दुवै
’नेता’, ’गिद्ध’ सधैं समान यिनको जोडी जमेको खुबै ।।

संसद् भो नव रङ्गमञ्च, यसका नेता कलाकार हुन्
हामी ‘दर्शक’ हौं कथा अझ उही पट्ट्यारलाग्दो छ झन् ।
उस्तै सो अगि झैं समामुख भए यो नाट्य निर्देशक
हेर्दै छौं तर वाक्क दिक्क यसका भोक्ता सबै दर्शक ।।

फेरी रूप पुगेर गाउँघरमा बिन्ती गरेछन् घुमी
हुन् नेता ‘चटके’ बनेर ’रमिते’ हेरेर बस्छौं झुमी ।
देखाएपछि जादुयुक्त सपना सारा कुरा बिर्सिने
हामी मूर्ख हुँदा सदैव यिनले धोका र सास्ती दिने ।।
पाटन नपा–९, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x