साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धम्की नदे भारत !

Nepal Telecom ad

(२०२७ सालमा नेपालमाथि भारतले नाकाबन्दी गरेको थियो । त्यसैबेला लेखिएको प्रस्तुत कविता अहिले पनि उत्तिकै सान्दर्भिक छ ।)

हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुवै देशको,
धेरै वर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो ।
त्यो नै पुष्ट गराउँदै अघि बढ्यौँ के भूल हाम्रो छ त ?
सोझै राख्छु दबाबमा म त भनी धम्की नदे भारत !

सानो गर्दछ के सबै किसिमले मै हूँ ठुलो देश त,
खाँचो हुन्छ अनेक चीज नदिए नेपालमा के छ र ?
भन्ने भाव लिएर तुच्छपनका ठानेर हामीसित,
लत्री आउँछ, भित्र यो मत लिँदै धम्की नदे भारत !

यो नेपाल पवित्र नै छ अरुको दासत्वले शून्य छ,
धेरै वर्ष त मुस्लिमी बृटिसको दासत्वमा भारत ।
बाँचेको इतिहास भन्छ भवमा साक्षी बनी स्पष्ट त,
ठूलो पेट नचाउँदै समरको धम्की नदे भारत !

हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने,
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक शत्रुको बल लिने नेपालमा शक्ति छ,
तेरो तागत छैन कत्ति यसमा, धम्की नदे भारत !

हिंसाहीन बनी लडाइँ नगरी शान्ति–प्रथा ल्याउन,
गान्धीवाद चल्यो त्यही मुलुकमा स्वातन्त्र्य फर्काउन ।
जन्मीनेहरुबाट नै अब मर्यो त्यो पञ्चशील स्वतः,
त्यत्रो धाक कहाँ गयो ? समरको धम्की नदे भारत !

गर्दे सन्धि छिटै कि पारबहनी वाणिज्य सम्बन्ध यो,
साठी (१९६०) को जुन शर्तमा छ बलियो त्यै शर्तमा चल्छ यो ।
सम्झी राख भविष्य इज्जत नयाँ मित्रत्वले प्रेरित,
भै त्यो भूल सुधार झट्ट गरिदे, धम्की नदे भारत !

सं.रा.सं. प्रति फर्कंदा वचनमा बल्छी परेको दिन,
लाग्ने लाज तँसाथ छैन कि त्यसै गर्छस् अमैत्री किन ?
नाकाबन्द गरेर दुर्नियतको छारो उडाइस् कि त,
तेरो हुन्न भलाइ कत्ति अहिले, धम्की नदे भारत !

ठूला चीन अमेरिका रुसहरुलाई बरु हाँक दे,
साना देश अँठ्याउने कलुषता राख्ने प्रथा छोडिदे
तेरो यो स्थिति ठीक छैन अरुले भन्छन् सधैँ स्पष्टतः,
नेपालीसँग मिल्नुपर्छ कहिल्यै धम्की नदे भारत !

टिस्टा पूर्व दिशा र पश्चिम दिशा किल्ला त त्यो काँगडा,
हाम्रो साँध थियो लडेर बलले सीमा गरेको खडा ।
त्यो ताजा इतिहास आज सबले आँट्यौँ भने सर्वतः,
आफ्नै देश बढाउँछौँ अघि बढी, धम्की नदे भारत !

आफ्नो नैतिकता कतातिर गयो सोचेर राम्रैसँग,
राख्नै पर्दछ मित्रता दृढ अझै सम्झेर हामीसित ।
हिन्दू राष्ट्र भनेर एक भवमा यो देश प्रख्यात छ,
हाम्रो शक्ति बुझेर बोल्नु, कहिल्यै धम्की नदे भारत !

मान्दैनस् यदि सन्धि गर्न सुरिँदै गर्छस् भने निर्णय,
गर्छौँ पूर्ण विरोध कत्ति नझुकी हौँ वीरका वंशज ।
हाम्रा मानिस छन् त्यहाँ जति यहाँ फर्काई दे सैनिक,
लड्नै पर्छ भने लडौँ अघि सरी धम्की नदे भारत !

समर प्रतिक मासिक २०६९ मङ्सिर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x