साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो न्यू इयर ! हाई न्यू इयर !

Nepal Telecom ad

कलरफूल लाइटहरूको चमकता सर्वाङ्ग पोतेर
नवीन आभूषणसँगै रमाएका सकल वयहरू
मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन्
र, फैलिन्छन् सर्वत्र अर्धनग्न बन्दै नूतन मनहरूको कामुक रौनकता
निमेष(निमेषमा उघ्रंदै फेरी हावामा फिँजिंदै स्वच्छन्द उड्न आतुर
प्रत्येक स्याम्पियनका मादक फिँजहरू सेता सेता वक्षस्थल नुहाउँदै
अनि भूगोलभरिका असंख्य भोका नाङ्गा बस्तीहरूको बाटो भुलेर
सम्भ्रान्त इलाकाहरूको साँघुरो आकाश छेड्न अविच्छिन्न गर्जिन्छन्
‘फायर वर्क’ भएर
मिलियन र बिलियन डलरहरू र युरोहरू वायुमण्डलभरि ।

यी सब हेर्न लालायित मेरा आँखाहरू ठिङ्ग उभिएका छन् मसँगै
एक सालपछि बल्ल भन्न पाइने वर्षभरि उच्चारण नै गर्न नपाएको
प्रचलित नै भएर के भो नयाँ जस्तै लाग्ने
त्यहि प्यारो शब्दावली पुकार्न व्यग्र ओठहरू
‘ह्याप्पी न्यू इयर’ भन्न हतारिएका मनहरू
सहज आँकलनसहित निर्मिमेष हेरिरहन्छन् मेरा अबोध नयनहरू !
.
डिसेम्बरको अन्तिम रात भोगाइको पराकाष्ठामा
मदहोशी बनेका बहुरङ्गी कलेजोहरू
बाफिलो स्पर्शमा आलिङ्गनबद्ध नवयौवनाहरू
निकट खुसीको नवागमनसँग अङ्गालिन प्रतीक्षारत ढुकढुकीहरू
मिडनाइट पछिको अर्को सेकेन्ड, सायद त्यही हुने छ… ‘न्यू इयर’
सभ्यतासँगै बाँचेको, जमानासँगै रमाएको…एउटा ध्रुवसत्य
च्याप्प समातेर समयको एउटा फुर्को
बुलन्द आवाजले आकाश गुन्जिन्छ… ‘ह्याप्पी न्यू इयर !’

भूगोलको एउटा कुनामा ठिङ्ग उभिएको छ मेरो तन उदेक मान्दै
जबर्जस्त एउटा औपचारिकता अलाप्छ मेरो मन रमिते दीर्घाबाटै
बग्रेल्ती छरिएका रङ्गी(चङ्गी मान्छेहरू
भित्रिसकेको न्यू इयर
लागिसकेको जनवरी वान
उमङ्गको आशावादी हाँसो निकाल्छन् फोहराझैं ओठहरू
गलललललललल………
‘ह्याप्पी न्यू इय……..र !’

सम्झिन्छु– हेपिएको मेरो वैशाख एक
कल्पिन्छु– होच्च्याइएको मेरो नयाँ वर्ष
विश्व सभ्यतासँगै ग्लोबलाइजेसनले दिएको
युनिभर्सल मान्यतामा दौडिऊँ कि म पनि…?
आँखाभरि सजाएर बुकी र लालीगुराँस !

अचेल त
सापटी लगेको छ कसैले हार्दिकता बोक्ने मुटु
लिलाम बढाबढमा छ शुभकामना दिने मन
मन(मुटु नै आफूसँग नभएपछि के रह्यो र ?
आँखा चिम्म गरेर ब्रह्माण्ड हाँक्छन् अर्धवेहोश ओठहरू
ह्याप्पी न्यू इयर टु ‘मम ड्याड’
ह्याप्पी न्यू इयर टु ‘स्वीट हार्ट’
ह्याप्पी न्यू इयर टु ‘डियर किड्स’
ह्याप्पी न्यू इयर टु ‘ब्रो–सिस’
ह्याप्पी न्यू इयर टु ‘गर्ल्ज एण्ड गाइज’
ह्याप्पी न्यू इयर टु ‘अल फ्रेन्ड्स !’

लौ त अब
यहि मेसोमा, यहि फेरोमा, यहि लर्कोमा
एउटा औपचारिकता नयाँ वर्षलाई मेरो पनि
अझ यसो भनिदिऊँ ‘न्यू इयर’ लाई
अङ्ग्रेजी नयाँ वर्षलाई के नेपालीमा बोलाइरहनु
अङ्ग्रेजीमै –
‘वेल कम टु न्यू इयर !’
‘ह्याप्पी न्यू इयर !’
‘हेल्लो न्यू इयर ! हाई न्यू इयर !’

‘हिउँले आगो पगालेर’ कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x