साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीर्घरोग

Nepal Telecom ad

विना कामनाको कहाँ सृष्टि चल्ला ?
विना वासनाको जहाँ दृृ्ष्टि बल्ला ।
विना वासनाको कहाँ दृष्टि बल्ला ?
विना लालसाको जहाँ वृष्टि चल्ला ।।

विना बिर्सने सम्झिने के र फेरि ?
विना गर्वले गम्किने के र फेरि ?
विना दृश्यको हेरिने के नहेरी ?
विना कर्मको के हुने हो अटेरी ?

अरु भोकभोकै मरुन् को रुँदैन ?
विना स्वादको खाद्य जिब्रो छुँदैन ।
धरामा छ के व्यर्थताको निसानी ?
विना त्यागको जो बित्यो जिन्दगानी ।।

सधैँ भाँडभैलो चलेको कहाँ छ ?
विना अर्थ टुक्का फलेकोे जहाँ छ ।
सभामा सदा हास्य खेला कहाँ छ ?
विना नीतिको राजनेता जहाँ छ ।।

विना लासका खै कहाँ छन् मलामी ?
विना भक्ति निष्ठा जहाँ छन् सलामी ।
चिकित्साविनाको ठुलो के छ रोग ?
‘म–मेरो’ विना छैन रे दीर्घरोग ।।

कहाँ छन् तपस्या विना सिर्जनाका ?
जहाँ छन् तपस्वी विना तिर्सनाका ।
यहाँ फूल काँढा विनाको कहाँ छ ?
विना द्वैत चैतन्य फुल्दो जहाँ छ ।।

कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x