साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविहरूको देशमा

Nepal Telecom ad

कविहरूको देशमा
हृदयको हावा चल्छ
पसीनाको पानी पर्छ
घाम लाग्छ चेतनाको

सौन्दर्य साधनामा सहभागी यहाँका
जङ्गली पूmल जस्ता मान्छेहरूले
सम्वेदनाको सास फेर्छन्
नवरसको भोजन गर्छन्
पोशाक लगाउँछन् इन्द्रेणिको

बाह्रैमास वसन्त लहराउने
कविताका बिम्ब जस्ता बस्तिहरूमा
माहुरीहरूले श्रमको सङ्गीत सिर्जना गर्छन्
पुतलीहरूले समानताको सितार बजाउँछन्
निर्माणको गीत गाउँछन् चराहरू

आत्माको अक्सिजन दिएर यहाँ
सजीव बनाइन्छ राष्ट्रको संविधान
मोक्ष प्राप्तिको लक्ष्य बोकेका दलहरू
मुटुको मसिले लेख्छन्
जीवनको घोषणा पत्र
रसाएका आँखाहरूको अदालतबाट
रसिला मनहरूको मन्त्रिमण्डललाई
आइरहन्छ आँसुको अन्तरिम आदेश
रेशमी फेटा बाँधेको दुलाहा जस्ता हिमालहरू
बैँसले उन्मत्त तरुनी जस्ता पहाडहरू
र आमाको छाती जस्ता मैदानहरू मात्रै छैनन्
पार्वतीले प्रीति रोपेको फुलबारीमा
जनकले जोगाएको ज्ञान
अरनिकोले आर्जेको सीप
र बुद्धले बाँडेको विचार पनि छ

समयको समुद्र सयर गर्दै
पर्यटक भएर आएका प्लेटो पनि
अहो ! कविता लेख्न थालेछन्
कविहरूको देशमा ।।

थलारा, बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x