साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको सहरमा

आदर्शको बजारमा विज्ञापन हुन्छ आस्था केवल फ्रेममा सजाइन्छ हँसिलो चेहरा नक्कली हो हृदयमा कुरूपताको छाप हुन्छ मुखले रामनाम जपे पनि मनमा क्षुद्रताको चाप हुन्छ ।

Nepal Telecom ad

सोझो गाउँले :

मेरो सपनाको सहर
उडी जाने मनको रहर
पैसाको पखेटा लगाएर
महँगीको मैदानमा अवतरण हुँदा
सुरुमा साह्रै सुन्दर लागेथ्यो
उफ्
सपनामा पहाडबाट खसे झैँ
असली अनुहार देखेपछि सहरको
झसङ्ग भएँ म ।

गाउँमा कोरलेका रङ्गिन सपनाहरूको
पोको फुकाएर सहरमा
सफलताको चुली चढ्न खोजेको थिएँ
सन्तुष्टिको शिखर चुम्न चाहेको थिएँ
अवसरको आँधीले
सम्भावनाको सुनामीले
उडाएर सपना सारा
अग्ला बिल्डिङका भित्तामा ठोकाएर
सडकमा पछारी दियो ।

सपना साकार पार्नुको साटो
झन्झन् सपना जन्माउँदो रहेछ सहरले
लागेको तिर्खा मेटाउनुको साटो
नमेटिने प्यास बढाउँदो रहेछ सहरले
नदेखेको दुनियाँ देखाएर सारा
मृगतृष्णामै जीवन अल्झाउँदो रहेछ सहरले ।

झिलिमिली लाग्ने यो सहरमा
असङ्ख्य अँध्यारा गल्ली रहेछन्
साधुलाई सुली चढाएर
चोरहरु बजारमा हल्लिरहेछन्
गाईको भनी बिरालोको घिउ बेच्दा रैछन्
पैसाको लागि श्रीमतीको जिउ बेच्दा रैछन्
कहिल्यै नमेटिने भोक रहेछ
बिसेकै नहुने रोग रहेछ
मान्छे किनबेच हुने चोक रहेछ ।

आदर्शको बजारमा विज्ञापन हुन्छ
आस्था केवल फ्रेममा सजाइन्छ
हँसिलो चेहरा नक्कली हो
हृदयमा कुरूपताको छाप हुन्छ
मुखले रामनाम जपे पनि
मनमा क्षुद्रताको चाप हुन्छ ।

खासमा सहर कागजको फूल रहेछ
मान्छे स्वयम् मेसिन भइगएछ ।

०००
बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x