साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकादेशको कथा

सत्ताको लगाम मूर्खको हातमा हुन्छ ढुकुटीको साँचो चोरको साथमा हुन्छ र त धरहरा साक्षी राखेर आज शहिदगेटले सिंहदरबारलाई सोधिरहेछ यो कहाली लाग्दो कथाको अन्त्य कहिले हुन्छ महाशय ?

Nepal Telecom ad

बादल मडारिरहने एकादेशको आकाशमा
चाँदीको घेरा देखेर प्रत्येक युगमा
उत्साहित हुन खोज्छन्
वेदना छचल्किएका आँखाहरू

हुरीबतास नचलेको होइन
आँधीबेहरी नआएको होइन
लगाम बिनाका घोडाहरू दौडेपछि
कानो गोरुले दाइँ हाल्न थालेपछि
बाँदरको हातको नरिवल जस्तो देशको
मुहारमा घाम कहिल्यै उदाएन

ढुङ्गे देवताहरूको स्तुति गाउने
थरिथरिका भजन मण्डलीहरू
कलियुगका हनुमान बनेर
आँखा फुटेका आआफ्ना प्रभुलाई
आँखा चिम्लेरै काँध चढाउँछन्
ताली पड्काउँछन्
टायर सल्काउँछन्
जिन्दावाद र मुर्दावाद पनि भन्छन्

ललिपप देखाएर जनतालाई
रङ्गिन सपना बाँड्ने ठेकेदारहरू
सपनाको मलामी जान रमाइलो मान्छन्
दशधारा दुधको भारा तिछौं भनेर
कसम खानेहरू
बिच सडकमा नङ्ग्याएर आमालाई
खुलेआम बलात्कार गर्छन्

रक्षकहरू आफै भक्षक भएपछि
न्यायाधीश स्वयम् अपराधी बनेपछि
दण्डित गर्नु पर्नेलाई पुरस्कृत गरिन्छ
फेल गर्नु पर्नेलाई गोल्डमेडल दिइन्छ
र त्यहाँ
देखाउने र चपाउने अलग दाँत भएका
युधिष्ठिर हुन्छन्
दुई जिब्रो हुनेहरू राम बन्छन्
सत्ताको लगाम मूर्खको हातमा हुन्छ
ढुकुटीको साँचो चोरको साथमा हुन्छ

र त धरहरा साक्षी राखेर आज
शहिदगेटले सिंहदरबारलाई सोधिरहेछ
यो कहाली लाग्दो कथाको अन्त्य
कहिले हुन्छ महाशय ?

०००
बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x