साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम दिवस रे !

Nepal Telecom ad

आज भ्यालेन्टायन डे !
नेपालीमा प्रेम दिवस रे !
कसले अनुवाद गर्यो
थाहा भएन
तर यति थाहा छ
अनुवाद सही भएन
सोह्रै आना सुध्द भएन ।
प्रेम
आफै सत्य छ
आफै सर्वव्यापी छ
आफै सर्वकालिक छ
अनन्त र अमर छ
त्यसैले
दिवस मनाएर
प्रेमलाई नासवान मान्न सकिएन
प्रेमको परिभाषालाई संकुचित गर्न सकिएन ।
नढाँटी आत्माको आवाज भन्नुपर्दा
लाज शरम डर नमानी भन्छु म –
‘प्रेम दिवसलाई वास्तै गरिएन
लाइक पनि हानिएन
कमेन्ट त झन गर्दै गरिएन ।’
रिसानी माफ होस् मित्रहरू !
विचारको विविधता नै
मानव जातिको विशेषता हो
त्यसैले आफूलाई
आफ्नै विचारको चौघेरामा कैद गरियो
सही गरे पनि, गलत गरे पनी
स्वविवेकको प्रयोग गरियो
पश्चिममा रहे बसे पनि
पश्चिमा हुन सकिएन
कमजोरी हो कि सामथ्र्यता हो
कतिपय कुरा पचाउनै सकिएन ।
चित्त नदुखाउनु है बुढी !
गुलावको फूल दिएर
प्रेमको नौटंकी देखाउन सकिन
किनकि मलाई मेरै नयाँ वर्ष
मेरै दसैँ–तिहार र छठ
मेरै ल्होसार
मेरै उधौली उभौली
मेरै माघे सक्रातीजस्ता
सयौँ चाड–पर्वहरू प्यारा छन्
म जहाँ पुगे पनि
जहाँ बसे पनि
मेरो लागि
मेरो पहिचान नै प्यारो छ ।
आफू त खाँटी पूर्वीया
गाउँ घरमा हुर्किएको
भ्यालेन्टायन स्यालेन्टायन केही थिएन
तर पनि जतासुकै प्रेम नै प्रेम थियो
जुग जुग जाने प्रेम थियो
तर खोइ !
प्रेमलाई दिवसको खोपामा राखेर
हरेक वर्ष एकदिन निकाल्दै
पूजा गर्न थालेर होला
अहिले त पूर्णेमा सुरु भएको प्रेम
औँसीसम्म पनि थेग्दैन
धत्तेरिका !! लाजै मर्नु !!!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x