साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काम छ सप्पै सक र मर

Nepal Telecom ad

म एक निजी कम्पनीको कारिन्दा हुँ
यो शहरको थुप्रै
भोक र अभावको ईश्वर हो मेरो मालिक ।

एकदिन मालिकसँग भनेँ —
मालिक, तपाईँ मेरो भोकको ईश्वर हो
तपाईंकै वरदान हो यो जीवन
यसपाली जन्मदिन धुमधामले मनाउँछु
कामबाट बिदा दिनुस्

मालिकले भन्यो —
मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ
यो पल्ट थुप्रै काम छ
अर्काे वर्ष मनाउला जन्मदिन

मैलै हुन्छ भनेँ ।

फेरि एकदिन मालिकसँग बिन्ती गरेँ —
मालिक, तपाईँ भोकको ईश्वरको पनि ईश्वर हुुनुहुन्छ
तपाईंकै दयामा सजियोस् एउटा घर
प्रेमिकासँग बिहे गर्नु छ
मलाई बिदा दिनुस्

मालिकले भन्यो –
लगनहरू अझै आउँछन्
यो पल्ट थुप्रै काम छ
कुनै अर्को लगनमा बिहे गर

मैले फेरि हुन्छ भनेँ ।

एकदिन म जिन्दगीसँग औधी थाकेँ
र भनेँ —
मालिक, तपाईँले मेरा भोक र अभावहरू टारिदिनुभयो
धन्य छ तपाईँलाई
अब मलाई मर्न दिनुस्

मालिकले भन्यो —
ठिक छ
आज थुप्रै काम छ
सप्पै सक
र भोलि मर ।

(भागेर भूगोलभरी बाट )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x