साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकीको चासो

Nepal Telecom ad

“आज पनि भुल्नु भयो है? रातभर सुत्न सकेको छैन ।” सधैं शान्त र सालीन रहने भाउजूको हप्काइ सुनेर कान ठाडो पारें मैले । “आफू त चिरिप्प लगाएर घ्वाँस घ्वाँस निदाए भैहाल्यो नि” घुर्की र आबेग रोकिएको थिएन भाउजूको ।

दाइ रमेश भाउजूको कुरा सुनेको नसुन्यै गरेर बाथरूम छिरे । भाउजू पनि के के गनगन गर्दै भान्छा कोठा छिरिन, उनको रिस रोकिएको रहेनछ भन्ने भान त भान्छाकोठा बाट आएको भाँडाकुडाको आवाजले जनाएकै थियो ।

आखिर छिमेकी नै त परें निकै चासो लाग्दो रैछ, आखिर ति भाउजूले के पो मगाएकी रहिछन् ? कि भित्रै भित्रै बिरामी पो छिन् कि ? ग्यास्ट्रिक गानोगोला रात निदाउन सकेकी छैन भनेकी छिन् । न घरमा उडुस् पो पर्यो कि, न तिनको मच्छरदानी (झूल) पो च्यातिएको छ । मलाई निकै खसखस लाग्यो। अझै आज दिउसो त एक्लै पारेर सोधुँ सोधुँ नलागेको पनि कहाँ हो र ? तर आँट नै आएन झनक्क पारो पो चढ्ने हो कि भनेर । वल्लोपल्लो घरका एक दुई जनासँग कुरो राखें पनि तर सबै जिब्रो काट्नेहरू मात्र । नुन तेल, मर मसलो त भाउजू आँफै सपिङ गर्छिन् बजार गएर केही त्यस्तो अभाव त पक्कै छैन घरमा । विवाह गरेको ३ वर्ष भैसकेको थियो तर बालबच्चा भएका छैनन् चाहेका छैनन् । आखिर भाउजूले दाइलाई के मगाएकी हुन् म सोचेको सोच्यै भएँ ।

एक दिन घरको गेट खोल्दै रमेश दाइ “ल सानु आज त मैले नभुली लिएर आएको छु, आज त चिरिप्प पनि लगाएको छैन, आजदेखि तिमी ढुक्क निदाउने भयौ” भन्दै दाइले गोजिबाट के हो सानो प्याक झिकेर दिनु भयो । भाउजूले पनि उत्निखेरै प्याकेट भित्रको प्लास्टिक च्यातेर के हो सानोसानो छेस्का जस्तो निकालिन् र कहिले हत्केलामा खेलाउँदै कहिले काननेर लगेर सुनेको जस्तै गर्न थालिन् । म त झन रहस्यमा पो परेँ । मनले के के पो सोचिसकेको थियो । मलाई त घरमा बस्न मनै लागेन, त्यसैले चिनी सकिएको निहुँ पार्दै छिरेँ उहाहरूकै घर कम्पाउन्डमा ।
आफ्नो उद्धेश्य पुरा गर्दै, भनेँ÷ “हैन हो भाउजू के खेलाउनु भएको छ हातमा ?”

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै भाउजूले भनिन्– “हेर्नुस् न कल्पना नानी ! दाइ रातभर घुरेर सुत्नै सकेकी थिइनँ, त्यसैले एकजोर ईएर प्लग (भबच(उगिन) के जाती हो राती कानमा लगाउने ठेडी मगाएको थिएँ, त्यही हेर्दै छु ।”
अस्तु
१ अषाढ, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x