साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट जोख्ने भाँडो

Nepal Telecom ad

जडीबुटी नरेफाँटमा एक जोडी नवदम्पतीले साग–सब्जी पसल खोलेका छन् । उनीहरूले पसलमा जोख्ने भाँडो राखिसकेका थिएनन् ।{{read_more}} त्यसैले सब्जी जोख्न छेवैको किराना पसलमा जाने गर्थे । अहिले आफ्नै पसलमा जोख्ने भाँडो राख्न चाहांदा रहेछन्, र सल्लाह गर्दा रहेछन् । उहीहरूको संवाद यस्तो थियो–

श्रीमान्– हेर बूढी, पसलमा एउटा तराजु नभइ भएन, कति अन्त गएर जोख्नु ! 

श्रीमती– सुन बुढा, तराजुले मात्रै जोखिंदैन । एकापट्टी ढक पनि राख्नु पर्छ । बजारमा गुणस्तर परीक्षण नभएका ढकहरू छ्यापछ्याप्ती पाइँदा रहेछन् । तराजु राम्रोसँग समाउन पनि जान्नु पर्दो रहेछ । तराजु पनि अनेक खालका हुने रहेछन् । सब्जी यस्तो महंगो छ, वजन ठ्याक्कै कति छ भनेर आफैंले अङ्कमै नदेखुन्जेल ग्राहकलाई विश्वास पनि हुँदैन । त्यसैले तराजु होइन बूढा, डिजिटल काँटा राखुम् ।

श्रीमान्– डिजिटल काँटा पनि कहाँ भरपर्दो हुँदो रहेछ र ! बाहिर हेर्दा राम्रो, तर भित्रभित्रै पार्टपूर्जा बिग्रेर राम्ररी कामै नदिने ।

श्रीमती– त्यो त ब्राण्ड अनुसार हुन्छ नि ! रुख ब्राण्डको चै ल्याउँदै नल्याउने । कम्प्लेन धेरै आको रहेछ । पहिले पनि पाँच बर्षको ग्यारेण्टी हुन्छ भनेर धेरै जसोले रूख ब्राण्डको राखेछन् । तर तीन बर्ष नहँुदै भताभुङ्ग भएछ । सूर्य ब्राण्डको निकै भरपर्दो हुने रहेछ । उहिल्यै अधिकारीले बनाएका बेला सूर्य ब्राण्डको खुब राम्रो थियो रे । मान्छेले खुब मन पराएका रहेछन्, तर आरिसेहरूले नौ महिनामै बञ्चराले हानेर फुटाल्देका रहेछन् । परार साल ओलीले पनि सूर्य ब्राण्डको उस्तै राम्रो बनाएछन् । राम्ररी चल्दाचल्दै त्यसलाई पनि आरिसे छिमेकीले फुटाइदेछ । अहिले ओलीले नै फेरि सूर्य, गठबन्धन् र हँसिया हतौडा ब्राण्डका अझ दरा बनाएका छन् रे । पाँच बर्ष ग्यारेण्टी टिक्छन् भन्दा रहेछन् मान्छेहरू । 

श्रीमान्– कस्तो रहेछ त्यो गठबन्धन ब्राण्ड चै ?

श्रीमती– यसमा सूर्य ब्राण्डका पार्टपूर्जा ६० प्रतिशत र हँसिया हतौडा ब्राण्डका पार्टपूर्जा ४० प्रतिशत राख्या छन् रे । त्यो हँसिया हतौडा ब्राण्डका पनि पार्टपूर्जा त राम्रै रछन् तर अलि हतारमा ठोकठाक गरेर बनाएको भएर मेसिन त्यति गतिलो बनेनछ । तर त्यसका अधिकांश पार्टपूर्जा सूर्य ब्राण्डसँग मिल्दा रछन् । त्यसैले सूर्य र हँसिया हतौडाका पार्टपूर्जा मिसाएर बनाएको गठबन्धन ब्राण्ड अझ दरो हुन्छ र ५ बर्ष टिक्छ भन्दा रहेछन् । 

श्रीमान्– बजारमा विवेकशील ब्राण्ड पनि आउँदैछ रे नि त ! केही समय पर्खिने पो हो कि ?

श्रीमती– मैले पनि विवेकशील ब्राण्डको तराजुको बारेमा सुनेकी हुँ । तर उनीहरूले बढीमा २ थान तराजु बनाउने अरे अहिले । अनि मान्छेले मन पराए भने दश–बीस बर्षपछि अरू बनाउने अरे । अब हामीलाई अहिले चाहिएर फिटिफिटी भाको छ, कता दश–बीस बर्ष कुर्नु त बुढा ?

श्रीमान्– त्यो त हो । अनि त्यो राजतन्त्र ब्राण्ड पनि थियो नि, त्यो चै के भएछ अचेल ?

श्रीमती– त्यो उहिल्यै २०० बर्ष अगाडि देखिको पुरानो थियो नि ! ज्ञानेन्द्रले बढ्ता जान्ने भएर कामै नलाग्ने गरि बिगारे । अहिले त्यसका पूर्जाबाट कसैले हलो बनाए, कसैले गाईका गलामा बाँध्ने घन्टी बनाए । त्यो इतिहास भइसक्यो बुढा !

श्रीमान्– भनेपछि अब के गर्ने त ? 

श्रीमती– सूर्य, गठबन्धन वा हँसिया हतौडा जुन ब्राण्डका भए पनि ती बनाउने कम्पनी अहिले एउटै रहेछ, लेवल मात्र फरक रहेछ । त्यसैले यिनै ब्राण्डमध्ये यहाँ नजिक जुन उपलब्ध छ, त्यही राखौं, धेरैतिर मन नडुलाउँ । 

श्रीमान्– ठीकै भन्यौ बूढी । सारै विवेकशील छौ तिमी ! 

श्रीमती– तिमी पनि कम्ताका छैनौ नि, बूढा ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x