साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुलाएको चोर

Nepal Telecom ad

चोरले हर्केको घरको भाटा र खरको टाटी अलिकति च्यातेर २ माना चामल चोरे छ । हर्के कराएछः “गुहार, गुहार, मेरो घर चोरी भो” {{read_more}} height=

सबुत प्रमाण दुई माना चामल सहित आखिर चोर भाग्दाभाग्दै समातियो । चोर पल्लो गाउँको बनि गर्ने गणे रहेछ । चोरलाई पाता फर्काएर बाँधियो । दुई चार लट्ठी उसलाई दिइसकिएको थियो । ऊ बुङ्गो थियो । थरथर कामिरहेको थियो ।

सजाय दिन त्यस गाउँमा बसोबास गर्ने गण्यमान्य, बुद्धिजीवी, नेता, पञ्च भलाद्मी, प्रहरी, प्रशासन, शिक्षक, कर्मचारी, प्रजातान्त्रिक, गणतान्त्रिक, राजतान्त्रिक, लोकतान्त्रिक आदि सबै भेला भए । 

अध्यक्ष केरकार गर्न थालेः
“ए गणे, तैँले चोरेको होस् ?”
“हो हजुर”
“के चोरिस् ?”
“चामल चोरेको”
“अरु केही चोरिस् कि ?”
“हर्केकोमा चामलबाहेक केही रहेन छ हजुर”
सबै गललल हाँसे ।
अध्यक्षले गणेपट्टि फर्केर भनेः
“तँलाई एकपल्टलाई माफ भयो । खोलिदेऊ त्यो पाता । अब आइन्दा नचोर्नू”
गणे बर्बराउन थाल्यो । हाँस्न पनि थाल्योः
“हजुर म बहुलाएँ”
“हजुर, मेरो आँखा बिग्य्रो”

अध्यक्ष बोलेः
“होइन ए गणे, के भयो तँलाई ?”
“हजुर म त हजुरहरू सबैलाई चोर देख्न थालेँ”
अध्यक्ष बोलेः “लौ गणे साँच्ची बहुलायो”
ऊ भने कराइ रहेको थियो । तपाईँबाट तँमा झरेको थियो ।
“तँ खसी चोर”
“तँ त्रिपाल चोर”
“तँ कर्कटपाता चोर”
“तँ चिट् चोर”
“तँ कमिसन चोर”
“तँ नियम चोर”
“तँ धर्म चोर”
“तँ भोट चोर”
“तँ रासन चोर”
“तिमीहरू सबै देश चोर ।”

प्रहरीले गणेलाई लगे । 
कुनामा बसेको राई कान्छो सुस्तरी बोल्योः
“देशै खल्र्याप्प चोर्ने जस्ताका त्यस्तै छन् । बिचरा निर्धो गणे भने दुई माना चामलमै बहुलायो ।”
छेबैको महतोजी पनि सुस्तरी नै बोलेः “कि कर्ने ? यो देशके देसान लागि गयो । जौन मन्छी सच्चा बोलिहाल्छ, मा कसम ऊ पगला भइहाल्छ ।” 

१८ नोबेम्बर, २०१७
साल्टलेक सिटी, अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदामल

अदामल

खेमराज पोखरेल
राजनीतिको सूत्र

राजनीतिको सूत्र

खेमराज पोखरेल
फु मन्तर बाबा 

फु मन्तर बाबा 

खेमराज पोखरेल
तनखा माने तँ नखा

तनखा माने तँ नखा

खेमराज पोखरेल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x