साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तनखा माने तँ नखा

Nepal Telecom ad

उसले तलब थाप्यो नगद ।  height=
साहु रामभरोसकोे उधारो तिर्न गयो । {{read_more}}
साहुले खाता पल्टाउँदै बोलेः “त्यो त ठिक छ माड्साब, अब बाँकी छ १२,३५० । यस्तो देरी कर्यो भने त म बुडी जान्छ । धोती लोटा लिलाम भै जान्छ ।” 
चुपचाप बाटो लाग्यो । स्कुलमा छोरो लिन गयो । प्रिन्सिपल सरले कोठैमा लगेर भने– 
“सर, म हेल्पलेस छु । के गर्ने प्राइभेट बोर्डिङ हो । स्यालरी प्रोभाइड गर्ने फि नै हो । फोर मन्थ भयो । पे गरिदिनु न प्लिज ।”
अलिकति तिरेर बाटो सोझ्यायो ।

गेटमा घरबेटी साहु अभयानन्द कारन्जित टुप्लुक्क । साहु भन्न थाले–
“बाज्या, टिन मैना भयो । यस्टै टालले म के गर्ला ट ? मेरो ट टलब भन्याकै घरभाडा हो ।”

घरभित्र पस्यो । दुधवाला भाइ पर्खिरहेको रहेछ, भन्यो–
“हजुर सर, दुई महिनाको बाँकी छ । एक महिनाको पेश्कीसमेत दिनुन । छोरो बिरामी भएर अस्पताल राखेको छ ।”

कोठाभित्र पसेर लुगा फेर्दै थियो । बृद्ध बाबा खोक्दै भन्न थाल्नु भयो– “बाबु, खोकीको बोतल ल्याइ दिइस् ? पक्का ल्याएन । यो यस्तै बिर्सौवा छ ।”

श्रीमतीले सोधिन्– “तलब आयो ?”
“आयो, उधारो तिर्दा तिर्दै सकियो ।”

“उफ, यसपल्ट पनि मेरो गहना न निखनिने भयो त्यसो भए । दायाँबाँया नगर्ने भन्नुहुन्छ । तलबकै मात्र भर परेपछि त्यस्तै हुन्छ ।”
“नकराऊ न अर्को महिना ।”
“अर्को महिना भनेको पनि कति वर्ष भो थाहा छ ?”

छोरो जोडले पढिरहेको थियो– “क, क माने कछुवा, ख, ख माने खरायो, ….त, त माने तलब ।”
छोरोले सोध्यो– “बाबा तलब माने के हो ?”
उसले छोरापट्टि नहेरेरै बोल्यो– “तनखा ।”
“बाबा, तनखा भनेको के हो नि ?”
श्रीमतीले व्यङ्ग्य बोलिन्– “तनखा माने तँ नखा ।”

उसले पनि दिग्दार भएर भन्यो–
“हे राम, अनि तनखा भनेको घुस खा भनेको हो त ?”

३ डिसेम्बर, २०१७
साल्टलेक सिटी, अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदामल

अदामल

खेमराज पोखरेल
राजनीतिको सूत्र

राजनीतिको सूत्र

खेमराज पोखरेल
फु मन्तर बाबा 

फु मन्तर बाबा 

खेमराज पोखरेल
बहुलाएको चोर

बहुलाएको चोर

खेमराज पोखरेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x