साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अदामल

बुबाले भने, ‘म वृद्धाश्रम जानु भनेको कहाँ परिवारसँग अलग हुनु भनेको हो र ? कहाँ परिवारको मायाबाट बञ्चित हुने हो र ? सन्तानको शुभेच्छासहित जाने हो नि !’

Nepal Telecom ad

खेमराज पोखरेल :

छोराले पैँसट्ठी बर्षे बाबुको खुट्टा नै समायो र कसैगरी पनि जान नदिने कुरा बतायो ।
बाबुले छोरालाई हातले उठाएर अनुहार मुसार्दैै भने, ‘स्यावास छोरा ! मैले सुपुत्र जन्माएको रहेछु । तेरी आमा गइहाली, नत्र यो तेरो पितृभक्ति देखेर कति खुसी हुन्थी होली !’

छोराले हँसिलो अनुहार लगायो । वृद्ध बाले फेरि भने, ‘तर मैले वृद्धाश्रममा जानै पर्छ छोरा ।’
‘किन र बुबा ?, हामीबाट के गल्ती भयो र ?’ छोरा गिडगिडायो ।
बुबाले भने, ‘परिवारका कसैबाट गल्ती केही भएको होइन, तर समाज फेरिएको कुरा हामी वृद्धले पनि बुझ्नुपर्छ बाबु ।’

छोराले भन्यो, ‘समाज फेरियो भन्दैमा बुबाले वृद्धाश्रम जानुपर्छ र ?’
बाबुले भने, ‘जमानाअनुसार चल्नुपर्छ बाबु ।’
‘किन बुबा ?’ छोराले भन्यो ।

बुबाले भने, ‘छोरा ! तैँले जागिरमा जानै पर्छ । नगए मुखमा माड लाग्दैन । बुहारी जागिरमा छे – जमाना महँगो भयो, एक्लैको कमाइले पुग्दैन – जानै पर्छ । नातिनातिना बोर्डिङमा छन् – जमानाअनुसार गुणस्तरीय शिक्षा दिनै पर्यो । किनकि विश्व नै एक समाज, एक चुनौती, एक अवसर र एक गाउँ भएको छ । फेरि समयलाई रोकेर कहाँ रोकिन्छ र बाबु ! तिमीले संसार जित्नु छ, मैले पनि आफ्नो संसारमा बाँच्नु छ ।’

‘त्यो कुरा त मैले बुझेको छु नि बुबा ! तर वृद्धाश्रम जाने कुरा पो मैले बुझेको छुइनँ ।’ छोराले थप्यो ।
बुबाले भने, ‘म वृद्धाश्रम जानु भनेको कहाँ परिवारसँग अलग हुनु भनेको हो र ? कहाँ परिवारको मायाबाट बञ्चित हुने हो र ? सन्तानको शुभेच्छासहित जाने हो नि !’

‘नजानु न बुबा ।’ छोराले भन्यो ।
बुबाले लामो श्वास तानेर भने, ‘यस परिवारमा दामलबिना समय काट्न नसकिने रहेछ बाबु !’

०००
रूपनगर, सप्तरी (हालः सान मार्कोस, अमेरिका)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिको सूत्र

राजनीतिको सूत्र

खेमराज पोखरेल
फु मन्तर बाबा 

फु मन्तर बाबा 

खेमराज पोखरेल
तनखा माने तँ नखा

तनखा माने तँ नखा

खेमराज पोखरेल
बहुलाएको चोर

बहुलाएको चोर

खेमराज पोखरेल
0
Would love your thoughts, please comment.x
()
x