साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फु मन्तर बाबा 

Nepal Telecom ad

ऊ रुघाखोकी बिग्रेर लखतरान भयो । बिजुवाले भाले खायो । पण्डितले ग्रहशान्ति दक्षिणा कुम्ल्यायो ।{{read_more}} ज्योतिषले निलो औँठी  height=बेच्यो । अस्पतालले त कति खायो कति । 
तर निको भएन । 

“साला सबका सब ठग” भन्दै उदाश भएर अस्पताल बाहिर निस्क्यो । पेटीमा बसिरहेका भुइँफुट्टा बाबाले उसलाई बोलायोः 
“अरे बच्चा, जिन्गीसँग निराश किन ? । यता आइ हाल, सब ठिक भइहाल्छ ।”
उसले सोच्योः
“यो उताको काले हो । बनारसमा पक्का ज्ञानगुन सिकेको हुनुपर्छ ।”
बाबा बोलेः “बच्चा, के नाम छ ?”
“जंगध्वज नेपाली ।”
“हात दिखाइ हाल, फु मन्तर ।”

अचम्म ! बाबाले त उसको भुत बर्तमान सबै रिट्ठो नबिराइ मिलायो । सुन्दर भविष्य देखायो । बाबाले उसलाई पूmल, चन्दन र प्रसाद दिँदै भन्योः

“बच्चा, डायन लागि गाको छ । यो पूmल प्रसाद गंगोत्तरी, जमुनोत्तरीसे पशुपतिनाथतकको कृपा हो । ठिक भइहाल्छ । फिकरको कौनै बात छैन । हामी थोडै भागि जाने हो र ? सधैँ यहीँ पडिरन्छ ।”
उसले दक्षिणा राम्रै चढायो ।

फेरि पनि निको भएन । पुग्यो बाबालाई छप्क्याउन । तर बाबा थिएन । 
पर सडकमा जुलुस आइरहेको थियो । जुलुस एकोहोरो नारा लगाउँदै थियोः
“बाबा हजारी लाल”
“जिन्दावाद”
“यो जीत कस्को ?”
“जनताको”

ऊ ट्वाल्ल परेर जुलुसभित्र रङ्गिएको मान्छे हेर्दै थियो । पेटीकै अर्को बाबाले भन्योः
“चिनेन ?, यहीँ बैठने करेको फु मन्तर बाबा हो । बाबाको नगरिक्ता मिलि गयो । चुनाव जिति लियो । ठूलो मन्छी भयो । फिकरको बात छैन बच्चा, हामी पनि बाबाकै चेलुवा हो । अर्को न साल हाम्रो पनि नगरिक्ता मिलि हाल्छ । अहिले हात दिखाइ हाल ।”

२८ नोबेम्बर, २०१७
साल्टलेक सिटी, अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदामल

अदामल

खेमराज पोखरेल
राजनीतिको सूत्र

राजनीतिको सूत्र

खेमराज पोखरेल
तनखा माने तँ नखा

तनखा माने तँ नखा

खेमराज पोखरेल
बहुलाएको चोर

बहुलाएको चोर

खेमराज पोखरेल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x