साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको सूत्र

Nepal Telecom ad

चुनाव उत्कर्षमा थियो । उमेद्वार थिए नेताजी संकटानन्द । {{read_more}} अचानक नेताजीका भित्रिया सहयोगी जनक प्रसादको हत्या भयो । height=
ठूलो जुलुस निस्क्यो । जुलुसको नेतृत्व संकटानन्दले गरेका थिए ।

“जनक प्रसाद अमर रहून्”
“हत्यारा प्रतिपक्षी, बदला लिन्छौँ लिन्छौँ”
जुलुस श्रद्धान्जली सभामा परिणत भयो । शोक मन्तव्य दिने बेलामा संकटानन्द ग्वाँग्वाँ रुन थाले । र आँशु पुछ्दै भन्न थालेः
“मेरो मुटु चुँड्नुभन्दा बरु मलाई मार्नु नि कायरहरूले । देशले एक इमान्दार व्यक्ति गुमायो । उहाँको नाममा म अस्पताल बनाउने छु”
यति भन्दाभन्दै उनी मुर्छा परे । पानी छम्केर बल्ल होसमा ल्याए ।

चुनाव जितेर घर आए संकटानन्द । थाकेका थिए । बैठक कोठाको भित्तामा उनको र जनक प्रसादको अँगालो मारेको ठूलो फोटोलाई एकाग्र भएर हेर्दै थिए । सोफामा नै झकाए छन् ।
उनी तन्द्रामा बर्बराइ रहेका थिएः
“ए युद्धे र जंगे, डाँडो काट्यौ होइन ? के ठेगान ? तिमीहरू पनि त गुन्डा नै हौ नि । गुन्डाको के भर ? जसले धेरै पैसा दिन्छ उतै लागि हाल्छौ”
एकछिन सुस्ताउँथे अनि फेरि बर्बराउँथेः
“मलाई माफ गर यार, अरु उपाय थिएन । तिम्रो सहानुभूति भोटले मात्र जितियो । तिम्रो कुरवानी म भुल्ने छैन”
नेता पत्नीले उनलाई झकझकाएर उठाइन् र भनिन्ः
“हजुर कति बर्बराउनु भएको ? उठ्नु चिया खाने बेला भयो । चुनाब जितेको ठूलो थकाइ लाग्यो हजुरलाई । अहिले जनक प्रसाद बाबु भएको भए कति खुसी हुनुहुन्थ्यो । के गर्नु ? मारि हाले असत्ति कायरहरूले । भर्सेलो परोस् हत्याराको । सत्यानास होस्”

५ डिसेम्बर, २०१७
साल्टलेक सिटी, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अदामल

अदामल

खेमराज पोखरेल
फु मन्तर बाबा 

फु मन्तर बाबा 

खेमराज पोखरेल
तनखा माने तँ नखा

तनखा माने तँ नखा

खेमराज पोखरेल
बहुलाएको चोर

बहुलाएको चोर

खेमराज पोखरेल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x