साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन काठमाडौ तिमीलाई कस्तो छ ?

Nepal Telecom ad

जताकतै गाडीहरूको हुल छ height= 
न कतै बृक्ष न कतै फूल छ 
छ त यहाँ जताकतै धुल छ {{read_more}}
सहर झन् निसासिँदै गाको जस्तो छ 
भन काठमाडौ तिमीलाई कस्तो छ ?

आमाबुवाको के कुरा 
स्वयम भगवानप्रति पनि यहाँ
भक्ति घट्दै गाको जस्तो छ 
धर्मकर्ममा पनि अब पैसोको 
शक्ति बढ्दै गाको जस्तो छ 
मान्छेले यहाँ
पैसोको लागि धर्म पनि बेचिदिन्छ 
पैसोले इमानकर्म पनि मिचिदिन्छ 
सरकारी खुला ठाउँहरू 
झनझन हराउँदै गाका छन् 
सुनिन्छ भूमाफियाहरूले 
आफ्नो नाममा गराउँदै खाका छन्
तिमीलाई साँगुरा पेटी बिहिन गल्लीमा
हिँडडुल गर्न पनि गाह्रो भाको जस्तो छ 
भन काठमाडौं तिमीलाई कस्तो छ ?

नेपालै उल्टेर आको जस्तो 
जता हेर्यो मान्छेकै हुल छ 
इनार पनि सुकिसके न कतै मुल छ 
स्वच्छ हावा खानलाई पनि काठमाडौ 
तिमीलाई भ्यालीबाहिर नै जानुपर्छ 
शुद्धपानीलाई मिनरन वाटर खानुपर्छ 
ख्वाक्क ख्वाक्क आवाज आउँछ 
बिरामी पो भाको जस्तो छ 
भन काठमाडौं तिमीलाई कस्तो छ ?

अस्पताल लैजाउँ भने तिमीलाई 
यसको नामै सुन्दा नजाउँ नजाउँ जस्तो छ
सरकारले भने पनि जेष्ठ नागरिकलाई 
खै कहाँ के सस्तो छ ?
तिमीलाई भ्याली बाहिर सार्न पनि नसकिने 
यहाँको समस्या कहिलै टार्न पनि नसकिने 
एक छिन हिँड्दा पनि स्या स्या गर्छेउ 
फोक्सो धुलोले भरिए जस्तो छ 
भन काठमाडौं तिमीलाई कस्तो छ ?

दाङ, हाल : काठमाडाैं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x