सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन काठमाडौ तिमीलाई कस्तो छ ?

Nepal Telecom ad

जताकतै गाडीहरूको हुल छ height= 
न कतै बृक्ष न कतै फूल छ 
छ त यहाँ जताकतै धुल छ {{read_more}}
सहर झन् निसासिँदै गाको जस्तो छ 
भन काठमाडौ तिमीलाई कस्तो छ ?

आमाबुवाको के कुरा 
स्वयम भगवानप्रति पनि यहाँ
भक्ति घट्दै गाको जस्तो छ 
धर्मकर्ममा पनि अब पैसोको 
शक्ति बढ्दै गाको जस्तो छ 
मान्छेले यहाँ
पैसोको लागि धर्म पनि बेचिदिन्छ 
पैसोले इमानकर्म पनि मिचिदिन्छ 
सरकारी खुला ठाउँहरू 
झनझन हराउँदै गाका छन् 
सुनिन्छ भूमाफियाहरूले 
आफ्नो नाममा गराउँदै खाका छन्
तिमीलाई साँगुरा पेटी बिहिन गल्लीमा
हिँडडुल गर्न पनि गाह्रो भाको जस्तो छ 
भन काठमाडौं तिमीलाई कस्तो छ ?

नेपालै उल्टेर आको जस्तो 
जता हेर्यो मान्छेकै हुल छ 
इनार पनि सुकिसके न कतै मुल छ 
स्वच्छ हावा खानलाई पनि काठमाडौ 
तिमीलाई भ्यालीबाहिर नै जानुपर्छ 
शुद्धपानीलाई मिनरन वाटर खानुपर्छ 
ख्वाक्क ख्वाक्क आवाज आउँछ 
बिरामी पो भाको जस्तो छ 
भन काठमाडौं तिमीलाई कस्तो छ ?

अस्पताल लैजाउँ भने तिमीलाई 
यसको नामै सुन्दा नजाउँ नजाउँ जस्तो छ
सरकारले भने पनि जेष्ठ नागरिकलाई 
खै कहाँ के सस्तो छ ?
तिमीलाई भ्याली बाहिर सार्न पनि नसकिने 
यहाँको समस्या कहिलै टार्न पनि नसकिने 
एक छिन हिँड्दा पनि स्या स्या गर्छेउ 
फोक्सो धुलोले भरिए जस्तो छ 
भन काठमाडौं तिमीलाई कस्तो छ ?

दाङ, हाल : काठमाडाैं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे