साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातो कार

Nepal Telecom ad

यसपाली एउटा रातो कार किन्नेमा हाम्रो घर सल्लाह मिल्यो । त्यसो त हामीसँग कार हुँदै नभएको होइन । {{read_more}} एउटा हरियो  height=कार आज पनि छ घरमा । त्यो भन्दा पहिले पहेँलो कार थियो । पहेँलो कार त साह्रै जीर्ण भयो । त्यसमा सवारी नचलाएको वर्षौं भयो । हरियो चाहिँ जेनतेन चल्दै थियो । विस्तारै ब्रेक नलाग्ने समस्या देखिन थालेको छ । फ्रन्ट गेयर लाउँदा पनि अकस्मात व्याक गेयरमा पुगीहाल्छ । त्यसकारण सडकमा ढुक्क भएर निकाल्न सकिन्न अचेल त्यो । मर्मत खर्च पनि उल्का बढेको छ । चलाउँदा खरङरङरङ आवाज आउँछ । त्यै भएर यसलाई ग्यारेजमा राख्ने निर्णय भयो । सबै परिवारको मतो मिलेपछि आखिर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी रातो कार खरीद प्रकृया सम्पूर्ण रुपमा पूरा गरियो ।

रातो कार डबल इञ्जिन भएको कार हो । एउटा हेवीवेट इञ्जिन, अर्को सपोर्टिभ इञ्जिन । दुवै इञ्जिनको क्यूमिलेटिभ फङ्सन भएको हुनाले हाम्रो परिवार ढुक्कसंग चढेर हिड्न मिल्नेमा शंका छैन । हेभी इञ्जिनले सपोर्टिभ इञ्जिनलाई डिट्याच्ड गर्ने हो कि भन्नेमा सपोर्टिभ इञ्जिन सशंकीत छ ।

यता हरियो कार रातो कारको सपोर्टिभ इञ्जिन फुकालेर आफ्नो बडीमा जडान गर्न सकिन्छ कि ! भनेर जोखाना हेरिरहेको छ । हरियो कारले आफू पुनः जिवीत भएर हिजोको सुन्दर दिनमा झैं सडकमा हरर हुईंकिने सपना देख्न अझै छाडेको छैन ।

हाम्रो घरको विशाल आँगनमा राखिएको त्यो ठूलो हरियो कार ग्यारेजमा लान भनेर त्यसका चालकलाई भनिएको निकै दिन भैसक्यो । रातो कार मुलगेट भन्दा बाहिरै छ, सडकमै । सडकका अन्य चालकहरू रातो कारले बाटो छेकेकोमा रुष्ट भैसके । यसरी रुष्ट हुनेमा युरोपियन कार, भारतिय कार र चाइनिज कार समेत थिए । तर रातो कारको मर्का अरुलाई के थाहा ! बीच आँगनमा ढसमस्स बसेको हरियो कार नै रातो कार प्रवेशको बाधक रहेको कुरा कि त्यही रातो कारलाई थाहा छ, कि कार किन्न हुटहुटी मच्चाउने परिवारका सदस्यहरूलाई थाहा छ ।

देश हर्न निशेधित छ, रातो कार चूपचाप बसेको छ । सडक जाम भैसक्यो । अब कल्ले भन्न सक्छ यो पीडा कस्को ?

कौशलटार, काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
0
Would love your thoughts, please comment.x
()
x