डा. गंगाप्रसाद अधिकारीबाँदरको करामत

एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।{{read_more}} ऊ सहरबाट धेरै टोपी किन्थ्यो र गाउँमा
लगेर बेच्दथ्यो । त्यतिखेर अहिलेको जस्तो यातायातको सुविधा थिएन । जति टाढा भए पनि हिंड्नै पथ्र्यो ।
टोपी व्यापारीले सहरबाट थुप्रै टोपी किन्यो र एउटा ठूलो कपडामा पोको पारेर कुम्लो बनायो । टोपीको कुम्लो बोकेर व्यापारी जङ्गलको बाटो भएर गाउँतिर लाग्यो ।
जाँदा जाँदा बाटामा उसलाई निकै थकाइ लाग्यो । एकछिन थकाइ पो मार्नुप¥यो भनेर ऊ एउटा रुखको आडमा बस्यो । उसलाई त्यहीं निन्द्रा पनि लागेजस्तो भयो । एकछिन् पल्टनु पो प¥यो भन्दै ऊ त्यही रुखको जराको आड लगाएर ढल्क्यो । धेरै बाटो हिंडेर थाकेको हुनाले ढल्केको मात्र के थियो फुसुक्कै निदाइहाल्यो ।
जङ्गलमा थुप्रै बाँदरहरू एउटा रुखबाट अर्कोमा, अर्कोबाट अर्कोमा होहल्ला गर्दै फाल हान्दै थिए । बाँदरले व्यापारीको छेउमा एउटा ठूलो पोको देखे । त्यहाँ के होला ? भनेर उनीहरू उफ्रँदै व्यापारी भएको ठाउँनिर आए । व्यापारी मस्तसँग निदाइरहेको थियो । बाँदरहरूले टोपीको पोको फुकाए ।
व्यापारीले आफ्नो टाउकोमा पनि टोपी लगाएको थियो । बाँदरहरू त मान्छेले जे ग¥यो त्यही गर्न पनि सक्छन् । व्यापारीको टाउकामा टोपी देखेर उनीहरूले पनि एक एकवटा टोपी लिएर आ–आफ्ना टाउकामा लगाए ।
केही बेरमा व्यापारी पनि ब्यूँझ्यो । उठेर हेर्दा त टोपीको पोको रित्तै ! रुख–रुखमा बाँदरहरू हल्ला मच्चाउँदै उफ्रिरहेका थिए । उसले त्यतातिर हे¥यो, लौ हेर त ! बाँदरहरू त सबैले टोपी लगाएर पो नाच्दै उफ्रिरहेका ! एकैछिन निदाएको त बाँदरले सर्वस्वै गरिसकेछन् ! ऊ बडो चिन्तित भयो । कसरी हात पार्ने लौ अब टोपी !
उसले बाँदरलाई एक दुई ढुङ्गा हानिहे¥यो, झन् बाँदरहरू त उफ्रँदै भाग्न लागे । एउटा ठूलो बुलाहा (बाँदरको नाइके भाले) चाहिंले झन्नै झम्ट्यो पनि ।
दिक्दार हुँदै व्यापारीले घरतिर हिंड्ने सुर कस्यो । यसो के हिंड्न लागेको थियो टाउको चिलायो । टाउको कन्याउँदा टोपी फुक्लेर हातमै आयो । “आ, त्यत्राऔधी टोपी त बाँदरले सबै लगिदिए । यो नाथे एउटा के लगाइराख्नु” भन्दै उसले आफूले लगाएको टोपी पनि “लौ यो एउटा टोपी पनि तिमीहरू नै लगाओ !” भन्दै बाँदरतिरै हु¥र्याइदियो ।
बाँदरहरूले उसले टोपी फुकालेर मिल्काएको हेरिरहेका थिए । त्यो देखेपछि उनीहरूले पनि त्यसै गर्नुपर्ने रहेछ भन्ठानेर आफ्ना टाउकाबाट टोपी झिक्दै व्यापारी भएतिर मिल्काउँदै गरे । व्यापारीले पनि बाँदरले मिल्काएका टोपी बटुल्यो र नजानीकनै भए पनि आपूmले बाँदरबाट टोपी फिर्ता लिन पाएकोमा खुसी हुँदै बाटो लाग्यो ।
Subscribe
Login
0 Comments
Oldest








































