साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोष कसको भनूँ ?

अँह, तिमीले त मेरो चन्द्रमाको निम्तो पो राख्यौ तिमीलाई के लाग्यो? तिमीले दुई थुङ्गा मुस्कान आतिथ्य सत्कारमा खसाइराखेँ भन्ठान्यौ ? अँह, तिमीले त मेरो हृदयको तालमा दुई फूल फ्याँकिगयौ ।

Nepal Telecom ad

सुरेश राई :

गल्ती तिम्रै हो
किन त्यसरी कपाल बराबर तीन भाग पारेर
एक चुल्ठी चिटिक्कै बाट्नु ?
ल बाट्नु त बाट्नु
फेरि किन बाटिसकेर
देब्रे काँधबाट सर्लक्कै अघितिर झार्नु ?
झार्नु त झार्नु
किन सेतो टिसर्ट लाएर
गोरो गर्दन देखाउँदै
ट्युसन कक्षामा सबैभन्दा अघिल्लो सिटमा बस्नु ?
ल बस्नु त बस्नु
तर घरिघरि किन मुस्कुराउँदै
आधा अनुहार देखाउनु ?
देखाउनु त देखाउनु
तर कक्षाको सबैभन्दा अन्तिम बेन्चमा
दाहिने हत्केलाले देब्रे छाती पक्रेर
हरेक दिन आफ्नो हराएको चन्द्रमा
तिमीमा खोज्दै
कोही बसेको छ भनेर किन थाहा नपाउनु ?
हो, यतिसम्म त मैले तिमीलाई माफ गरेकै हुँ ।

त्यो ठूलो शहरमा सयौं क्याफेहरु थिए
वर्षौंपछि म बरालिँदै
एक दिन जुन क्याफेमा छिरेँ
फेरि किन तिमी त्यही क्याफेको पुरानो स्टाफ हुनु ?
हुनु त हुनु
तर किन मेरो टेबलको सर्भिस तिम्रै भागमा पर्नु ?
ल पर्नु त पर्नु
तर तिमीले किन मलाई पटक्कै नचिन्नु
नचिन्नु त नचिन्नु
वर्षौं अघि हराएको मेरो चन्द्रमा
अझै किन दुरुस्तै उही अनुहारमा बोकेर हिँड्नु ?
हो त्यसैले अब तिमीलाई फेरि माफ गर्न सक्दिनँ ।

तिमीलाई के लाग्यो?
भर्खरै तिमीले टेबलमाथि ससर (कप राख्ने प्लेट)
ससरमाथि कप
र कपमा कफी राखेँ भन्ठान्यौ ?
अँह,
तिमीले त मेरो चन्द्रमाको निम्तो पो राख्यौ
तिमीलाई के लाग्यो ?
तिमीले दुई थुङ्गा मुस्कान
आतिथ्य सत्कारमा खसाइराखेँ भन्ठान्यौ ?
अँह,
तिमीले त मेरो हृदयको तालमा
दुई फूल फ्याँकिगयौ ।

यी हेर त !
अब म तिम्रो प्रेममा चुर्लुम्मै डुबेँ
र यसमा मेरो कुनै दोष छैन ।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x