साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोष कसको भनूँ ?

अँह, तिमीले त मेरो चन्द्रमाको निम्तो पो राख्यौ तिमीलाई के लाग्यो? तिमीले दुई थुङ्गा मुस्कान आतिथ्य सत्कारमा खसाइराखेँ भन्ठान्यौ ? अँह, तिमीले त मेरो हृदयको तालमा दुई फूल फ्याँकिगयौ ।

Nepal Telecom ad

सुरेश राई :

गल्ती तिम्रै हो
किन त्यसरी कपाल बराबर तीन भाग पारेर
एक चुल्ठी चिटिक्कै बाट्नु ?
ल बाट्नु त बाट्नु
फेरि किन बाटिसकेर
देब्रे काँधबाट सर्लक्कै अघितिर झार्नु ?
झार्नु त झार्नु
किन सेतो टिसर्ट लाएर
गोरो गर्दन देखाउँदै
ट्युसन कक्षामा सबैभन्दा अघिल्लो सिटमा बस्नु ?
ल बस्नु त बस्नु
तर घरिघरि किन मुस्कुराउँदै
आधा अनुहार देखाउनु ?
देखाउनु त देखाउनु
तर कक्षाको सबैभन्दा अन्तिम बेन्चमा
दाहिने हत्केलाले देब्रे छाती पक्रेर
हरेक दिन आफ्नो हराएको चन्द्रमा
तिमीमा खोज्दै
कोही बसेको छ भनेर किन थाहा नपाउनु ?
हो, यतिसम्म त मैले तिमीलाई माफ गरेकै हुँ ।

त्यो ठूलो शहरमा सयौं क्याफेहरु थिए
वर्षौंपछि म बरालिँदै
एक दिन जुन क्याफेमा छिरेँ
फेरि किन तिमी त्यही क्याफेको पुरानो स्टाफ हुनु ?
हुनु त हुनु
तर किन मेरो टेबलको सर्भिस तिम्रै भागमा पर्नु ?
ल पर्नु त पर्नु
तर तिमीले किन मलाई पटक्कै नचिन्नु
नचिन्नु त नचिन्नु
वर्षौं अघि हराएको मेरो चन्द्रमा
अझै किन दुरुस्तै उही अनुहारमा बोकेर हिँड्नु ?
हो त्यसैले अब तिमीलाई फेरि माफ गर्न सक्दिनँ ।

तिमीलाई के लाग्यो?
भर्खरै तिमीले टेबलमाथि ससर (कप राख्ने प्लेट)
ससरमाथि कप
र कपमा कफी राखेँ भन्ठान्यौ ?
अँह,
तिमीले त मेरो चन्द्रमाको निम्तो पो राख्यौ
तिमीलाई के लाग्यो ?
तिमीले दुई थुङ्गा मुस्कान
आतिथ्य सत्कारमा खसाइराखेँ भन्ठान्यौ ?
अँह,
तिमीले त मेरो हृदयको तालमा
दुई फूल फ्याँकिगयौ ।

यी हेर त !
अब म तिम्रो प्रेममा चुर्लुम्मै डुबेँ
र यसमा मेरो कुनै दोष छैन ।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x