साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोमान्सको नयाँ दौर

एकहोरी रोमान्स, दोहोरीमा रोमान्स, पार्लरमा रोमान्स, व्यायामशालामा रोमान्स, मसाजमा रोमान्स, डिस्कोमा रोमान्स तथा ढिस्कोमा समेत रोमान्स । नैतिक रोमान्स अनैतिक रोमान्स हुँदाहुँदा रासनमा अनि भाषणमा समेत रोमान्स ।

Nepal Telecom ad

अशोककुमार शिवा :

एक्काइसौं शताब्दीमा मनोरञ्जन गर्ने तौरतरिका नयाँनयाँ उपलब्ध हुनुमा इन्टरनेटको ठूलो योगदान रहेको निर्विवाद छ । इन्टरनेटले विश्वलाई एउटा इलेक्ट्रोनिक बाकसमा सीमित गरेको छ । यसले खोजी गरेको जुन कुनै चिज, वस्तु, आकार, प्रकार, नाप, नक्सा, घोप्टो, नेप्टो, चेप्टो, चुच्चो, उत्तानो, छिर्के, फिर्के, बाहिरको तथा भित्रको सबै नै स्वाट्ट पारेर ह्वात्त देखाइदिने हुँदा इन्टरनेटको सामान्य जानकारी राख्ने जो-कोहीले पढ्न तथा दृश्यावलोकन गर्न सक्छन् । कसैका अगाडि केही कुरा लुक्ने लुकाउने गुञ्जायस नै छैन । विश्वका जुनसुकै देशको रहनसहन, भेषभूषा तथा खानपानसहितको जीवनयापन शैलीबारे छिनभरमै जानकारी पाउन सकिन्छ । कहीँ कतै एउटा सानो घटना घट्यो भने निमेषभरमा विश्वभरि चर्चा-परिचर्चा शुरु भइहाल्छ । इन्टरनेटकै सुविधामुताबिक आजकालका युवा पिँडी अन्य विषयको ज्ञानमा कमी भए पनि इन्टरनेट विषयको ज्ञानमा भने डिस्टिक्सन नै ल्याउँछन् ।

छोराछोरीलाई पाठ्य पुस्तक पठाउन कसरतरत आमाबाबुलाई आफ्ना छोराछोरी के अध्ययन गर्दैछन् भन्ने पत्तोसम्म हुँदैन तर छोराछोरी भने हरदम युट्युव र गुगल सर्चमा व्यस्त हुन्छन् । अझ त्यो सामाजिक शिक्षा दिने सञ्जाल फेसबुकले त युवायुवतीदेखि वृद्धवृद्धालाई समेत भोक-तिर्खा विहीन वनाएको पाइन्छ । विश्वभरका चिनेका-नचिनेका मान्छेहरूलाई साथी बनायो अनि तिनैसँग नानाभाँतीका कुराकानी गर्‍यो रमायो । हुन पनि अनलाइनमा साथी भेटेपछि कुराकानी नगर्न पनि त मिलेन अनि त के भोक के तिखां भएभरको त्यहीं मेटिने क्या मज्जा । रातभर च्याटिङ फ्याटिङ गयो, उस्तै मौका परे अनलाइन नै म्याटिङ गयो । सुत्नु परेन भोलिपल्ट विहान रातो आँखा पारेर कोठाबाट वाहिर निस्किदा यसले रातभरि पढेछ भनेर आमाबाबु मक्ख । आमाबाबुको कुरा पनि उस्तै आमा एकातिर वाबु अर्कोतिर फर्केर मोबाइलमा टिक्लिङट्याक पार्दै च्याटिङमा व्यस्त ।

छोराछोरीलाई छाँट्छन् भाषण तर छोराछोरीको मेमोरीमा भने ८४ आसन । मेमोरी भाइरसले खत्तम । वेलाकुबेला गलत फायल ओपन गरेर हैरान पार्छन् । फेसबुकमा रोमाञ्चक तस्विर अपलोड गर्यो अझ कसैलाई ट्याग पनि गरिदियो अनि दङ्ग पर्‍यो, क्या मोज । सन्नी लियोनदेखि नम्रता श्रेष्ठसम्मका रोमाञ्चक दृश्यहरूमा रोमाञ्चित हुन अभ्यस्त भएका युवा पिंढीलाई सामान्य रमरमाइलोले रौं पनि नहल्लने बनाइदिइसक्यो भने आमाबाबुको अगाडि नाचगान गर्न धक मान्ने छोराछोरी आजकाल खुलेआम मेरे सिने में लगजा गले चिप्काले सैयाँ फेविकोल से भन्दै चिप्किदै उफन्छन् ठाउँकुठाउँ ।

गृहलक्ष्मीहरू टिभिमा आउने शृङ्खला हेरेर त्यसैमा मक्ख पर्छन् । शृङ्खलाका पात्रहरूले जस्तो नक्कल गर्यो त्यसैको नक्कल गर्न खप्पिस भै सकेका छन् । भान्सामा तरकारी डडोस् कि पानी उम्लियोस् आँखा टिभिमा गाड्या छ छ । फिल्म पनि ३ डि, ४ डि हुँदै ८ डिको जमानामा आइसक्या छ । हरेक कुरा डाइमेन्सनअनुसार चल्न थालिसक्यो । सामान्य मोबाइल सेटवाट हाल एप्पलले तयार गरेको आइफोन ५ सम्मको अभ्यास हामीले गरिसकेका छौं । सुरुसुरुमा स्वर सुन्न त गाह्रो पर्ने फोनमा अब फेसटाइमले आम्नेसाम्ने कुरा गर्न मिल्ने बनाइदिएको छ ।

जति सुविधा उति रोमान्स । जमाना रोमान्सकै आएछ क्यार अब स्कुलमा रोमान्स, कलेजमा रोमान्स, पार्कमा रोमान्स, हाउसमा रोमान्स, गस्ट हाउसमा रोमान्स, रेस्टुराँमा रोमान्स, मोटेलमा रोमान्स, होटेलमा रोमान्स, कटेजमा रोमान्स अनि रिसोर्टमा रोमान्स । एकहोरी रोमान्स, दोहोरीमा रोमान्स, पार्लरमा रोमान्स, व्यायामशालामा रोमान्स, मसाजमा रोमान्स, डिस्कोमा रोमान्स तथा ढिस्कोमा समेत रोमान्स । नैतिक रोमान्स अनैतिक रोमान्स हुँदाहुँदा रासनमा अनि भाषणमा समेत रोमान्स । यत्रतत्र सर्वत्र रोमान्स । रोमान्स भवामी युगे युगे ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x