विष्णुप्रसाद आचार्यमूर्तिको मैमत्याइँ
मान्छेको काँध चढेर आसनमा बस्छ तब मान्छेलाई सन्त बनाउँछ आफूलाई अनादि र, अनन्त बनाउँछ ‘ननुहाई मेरो छेउ नआउनू’ भन्छ ‘जुत्ता नखोली मेरो धाम नधाउनू’ भन्छ ।

विष्णुप्रसाद आचार्य ‘अतृप्त’ :
मान्छेले
ढलोट पगालेर मूर्ति बनाउँछ
पत्थर फोडेर
पद्मासन सजाउँछ
छेवैमा लुङ्दर फहराउँछ
माने घुमाउँछ
सुनपातीको धूप सुँघाएर
जडमूर्तिमा देवत्व सञ्चार गराउँछ ।
मूर्तिले अरू केही गर्दैन
चुपचाप
मूर्ति बनिन सहयोग गर्छ
रथारोहणपश्चात् जब मूर्ति
मान्छेको काँध चढेर आसनमा बस्छ
तब मान्छेलाई सन्त बनाउँछ
आफूलाई अनादि
र, अनन्त बनाउँछ
‘ननुहाई मेरो छेउ नआउनू’ भन्छ
‘जुत्ता नखोली मेरो धाम नधाउनू’ भन्छ ।
धूप सल्काउन भन्छ
टायल टल्काउन भन्छ
अक्षता मोल्न भन्छ
भाकल बोल्न भन्छ ।
रहस्यको राज
अझै खुल्न सकेको छैन
सृष्टिकर्ता मानिसलाई नै काबुमा राखेर
उसकै कलाचाहिँ हिटलर कसरी बन्छ ?
०००
‘घर फर्कने तिर्खा’ (२०७९)
Subscribe
Login
0 Comments
Oldest







































