साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्तिको मैमत्याइँ

मान्छेको काँध चढेर आसनमा बस्छ तब मान्छेलाई सन्त बनाउँछ आफूलाई अनादि र, अनन्त बनाउँछ ‘ननुहाई मेरो छेउ नआउनू’ भन्छ ‘जुत्ता नखोली मेरो धाम नधाउनू’ भन्छ ।

Nepal Telecom ad

विष्णुप्रसाद आचार्य ‘अतृप्त’ :

मान्छेले
ढलोट पगालेर मूर्ति बनाउँछ
पत्थर फोडेर
पद्मासन सजाउँछ
छेवैमा लुङ्दर फहराउँछ
माने घुमाउँछ
सुनपातीको धूप सुँघाएर
जडमूर्तिमा देवत्व सञ्चार गराउँछ ।

मूर्तिले अरू केही गर्दैन
चुपचाप
मूर्ति बनिन सहयोग गर्छ
रथारोहणपश्चात् जब मूर्ति
मान्छेको काँध चढेर आसनमा बस्छ
तब मान्छेलाई सन्त बनाउँछ
आफूलाई अनादि
र, अनन्त बनाउँछ
‘ननुहाई मेरो छेउ नआउनू’ भन्छ
‘जुत्ता नखोली मेरो धाम नधाउनू’ भन्छ ।
धूप सल्काउन भन्छ
टायल टल्काउन भन्छ
अक्षता मोल्न भन्छ
भाकल बोल्न भन्छ ।

रहस्यको राज
अझै खुल्न सकेको छैन
सृष्टिकर्ता मानिसलाई नै काबुमा राखेर
उसकै कलाचाहिँ हिटलर कसरी बन्छ ?

०००
‘घर फर्कने तिर्खा’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति थोक पो सम्झनु र खै !

कति थोक पो सम्झनु...

विष्णुप्रसाद आचार्य
जागिर गरेरै बसिस् ?

जागिर गरेरै बसिस् ?

विष्णुप्रसाद आचार्य
कसुर

कसुर

विष्णुप्रसाद आचार्य
म कागती

म कागती

विष्णुप्रसाद आचार्य
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x