चूडामणि रेग्मीअग्निपरीक्षाका गफ !
लाटो, सोझो, गाईप्राणी चप्पलसिङ गफडी कारवालाका, बैंकवालाका, पँहेलपुर कम्पनीका गफ के ? अनि सुने पनि सुनोस्, बुझोस् ? जङ्गल-मङ्गल जान्दैन, ठेकापट्टा बुझ्दैन, रकमसक्रम हडप बुझ्दैन, बाठा हुन्छन् रे !

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
धामी-झाँक्री-बोक्सी-डाइनी होइन गफडी !
अग्निपरीक्षा गर्ने गफ गर्न थाल्यो, बिताउने हो कि गफडीले ? भन्ने प्रश्न उठ्ला । यसमा गफडीको खुलस्त्याइँ छ कोठामा बसी गफ गर्ने गफडी वन-जङ्गल सखाप गर्ने ठेकेदार हो र बिताउँछ ? गफडी घुसविरोधी भई पैसा भनेपछि भुतुक्क हुने सुत्सुले लखनौमा घर बनाएर नेपालमा राष्ट्रवादी हुने के रे हो र विताउँछ ? गफडी सुल्सुले सी.आई.डी. पत्रकार, प्रोफेसर र पञ्च पनि होइन-जो वित्थामा विताओस् कसैलाई । कलमको टुंडोमा सर्ने खाले राम्रो मसी हाल्न त सम्पादकको टाउको दुखुन्जेल कराउनुपर्ने चप्पलसिङ गफडीले कसलाई किन कसरी विताउने रपनि अग्निपरीक्षाका केही गफ गर्न सुर्रिएको छ गफडी । आज गफडी जङ्गल- मङ्गल गर्दै ‘अग्निपरीक्षामा छौं’ भन्नेहरूवाट तिन छक्क परेको छ । ’अग्निपरीक्षामा छौं’ भन्दै १९ वर्षसम्म नखाएको घुस डकारेर पारितिर धन थुपार्नेहरू देख्ता अचम्मिएको छ । कोनि केलाई भुसुनाले के नाप्छ रे ! कोनि केलाई डिंगाको सराप लाग्दैन रे ! देशको जेथा आफ्नो घरको बनाउने र पनि ’अग्निपरीक्षामा छौं’ भन्ने सामन्ती सोर सुनेर गफ गर्ने गफडी धामीजति पनि तर्साउन सक्तैन, झाँक्रीजति पनि फुक्न सक्दैन र यस्ता कुतत्वउपर वोक्सी लाग्न पनि सक्तैन । नारदहरूका अगाडि, दुर्वासाहरूका छेउमा, अगस्त्य ऋषिहरूका समक्ष, भोले वावा गफडी ‘गाई-प्राणी’ भन्दा एक सिन्को पर वा एक इन्ची उँभो केही हुन सके सत्ते ! धरोधर्म ! अनि के बिताउँछ यस्ता वंभोलेले !
कस्तो अग्नि-परीक्षा हुँदैछ !
कार्पेट काण्डेहरू ‘अग्नि-परीक्षामा छौँ’ भन्दैछन् । जनताका मान्छेलाई थुनाउने र कुटाउनेहरू ‘बौलाहाको समय आयो । खबरदार ! विदेशी दलालबाट सावधान ! भन्दैछन् । जोगी हुन बाँकी पहेंलाहरू ‘अग्नि-परीक्षा’ मा सायद सुनै-सुनले पंहेलपुर हुँदैछन् कोही भने कोहीचाहिँ वन मासेर खाएको धन ठाउँमा ठिकसँग राख्दैछन् । कति अग्निपरीक्षेहरू सुनै-सुनले स्वास्नीलाई पहेंलपुर पारेर नीलालाई ‘नीला-नीला’ पार्ने सुरमा छन् । एक जना अग्निपरीक्षेले गफडीलाई बतायो- ‘हेर्नुहोस् गफडीजिउ, दुई दिनको फुई मात्र हो, सबै रिकर्डेड छन्, देखाजायेगा ।’ अग्निपरीक्षेहरू रिकर्ड पनि गर्दैछन् रे । तर यो गफडी (मजा मानिमानी नाच्छ त्यसो हो भने) अग्निपरीक्षामा बसेका तपस्वीहरू खेस्ता मिलाउँदैछन् अरे । ‘आए ऑप, गए झटारो’ कति अग्निपरीक्षे टम्म गोजी यानं गत दिनका आफ्ना भूल सुधारी दौडधुप गरिरहेका छन् रे ! यता हडताल, प्रदर्शन, विरोध सव चलून्- उत्ता राम्रो बन्दोबस्त गर्न दाउ गरिहेछन् र अग्निपरीक्षेहरू ! धन्य यी बहादुर अग्निपरीक्षेहरू ।
सस्तो धाक-धम्की र घुर्की
‘देखाजायेगा’ धाक ! ‘यस्तो भए सहिने छैन ।’ धम्की । ‘यस्तो भइरह्यो भने देश डुब्ने छ !’ घुर्की ! पालै पालोसँग यस्तै रूपमा चल्छन् । एक दिन हडताली शिक्षकलाई धम्काइन्छ, अर्को दिन धाक लगाइन्छ र तेसै दिन घुर्की देखाइन्छ ! (सायद यसैलाई बाँदरघुर्की पनि भनिन्छ !) गतवर्षसम्म छात्र अनुशासनहीन थिए । केही दिनपहिले मजदुर अनुशासनहीन थिए र कतिपय वेला सम्स्थानका कर्मचारी वेडमान थिए- अहिले उच्छृङ्खल नम्वर एकमा आएका छन् शिक्षक । ’अग्निपरीक्षे’ हरू शिक्षकउपर धाक, धम्की र घुर्की पालै पालोसँग गरी गरिब, दमित, शोषित, पीडित शिक्षकको पेट काटेर कुर्सीमा घुमिरहेछन् ! धन्य छ । अग्निपरीक्षाको महिमा !
पातमा पात ! बातमा बात !
सोझो गफडीले सीताका कथामा अग्निपरीक्षा सुन्या थियो, बुझ्या भने थिएन । सोझो गफडीले ‘राष्ट्र’ ‘देशभक्ति’, ‘देशोन्नति’, ‘समन्वय’ धेरै कुरा सजिलै बुझेको थियो तर पातमा पात हुँदा झै बातमा बात हुँदा गफडी भन्दैछ- यतातिरको अग्निपरीक्षा र अरू कुराका अर्थ गफडी अब मजले बुझ्दैछ । गफडीले ‘राष्ट्र’ ‘देशभक्ति’ इत्यादि राम्रोसँग तब वुझेको ठहर्छ रे । लाटो, सोझो, गाईप्राणी चप्पलसिङ गफडी कारवालाका, बैंकवालाका, पँहेलपुर कम्पनीका गफ के ? अनि सुने पनि सुनोस्, बुझोस् ? जङ्गल-मङ्गल जान्दैन, ठेकापट्टा बुझ्दैन, रकमसक्रम हडप बुझ्दैन, बाठा हुन्छन् रे ! अग्निपरिक्षक र अवयोगी हुनलाई पहिला लुगा लाउने भएका छन् रे ! लौ जे गरून् । लठुवा गफ आज यहीँ तुरूँ । आगे फेरि ।
युगज्ञान वर्ष ११, अङ्क २५, २०३७
०००
झापा
‘गफडीको गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































