साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अग्निपरीक्षाका गफ !

लाटो, सोझो, गाईप्राणी चप्पलसिङ गफडी कारवालाका, बैंकवालाका, पँहेलपुर कम्पनीका गफ के ? अनि सुने पनि सुनोस्, बुझोस् ? जङ्गल-मङ्गल जान्दैन, ठेकापट्टा बुझ्दैन, रकमसक्रम हडप बुझ्दैन, बाठा हुन्छन् रे !

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

धामी-झाँक्री-बोक्सी-डाइनी होइन गफडी !

अग्निपरीक्षा गर्ने गफ गर्न थाल्यो, बिताउने हो कि गफडीले ? भन्ने प्रश्न उठ्ला । यसमा गफडीको खुलस्त्याइँ छ कोठामा बसी गफ गर्ने गफडी वन-जङ्गल सखाप गर्ने ठेकेदार हो र बिताउँछ ? गफडी घुसविरोधी भई पैसा भनेपछि भुतुक्क हुने सुत्सुले लखनौमा घर बनाएर नेपालमा राष्ट्रवादी हुने के रे हो र विताउँछ ? गफडी सुल्सुले सी.आई.डी. पत्रकार, प्रोफेसर र पञ्च पनि होइन-जो वित्थामा विताओस् कसैलाई । कलमको टुंडोमा सर्ने खाले राम्रो मसी हाल्न त सम्पादकको टाउको दुखुन्जेल कराउनुपर्ने चप्पलसिङ गफडीले कसलाई किन कसरी विताउने रपनि अग्निपरीक्षाका केही गफ गर्न सुर्रिएको छ गफडी । आज गफडी जङ्गल- मङ्गल गर्दै ‘अग्निपरीक्षामा छौं’ भन्नेहरूवाट तिन छक्क परेको छ । ’अग्निपरीक्षामा छौं’ भन्दै १९ वर्षसम्म नखाएको घुस डकारेर पारितिर धन थुपार्नेहरू देख्ता अचम्मिएको छ । कोनि केलाई भुसुनाले के नाप्छ रे ! कोनि केलाई डिंगाको सराप लाग्दैन रे ! देशको जेथा आफ्नो घरको बनाउने र पनि ’अग्निपरीक्षामा छौं’ भन्ने सामन्ती सोर सुनेर गफ गर्ने गफडी धामीजति पनि तर्साउन सक्तैन, झाँक्रीजति पनि फुक्न सक्दैन र यस्ता कुतत्वउपर वोक्सी लाग्न पनि सक्तैन । नारदहरूका अगाडि, दुर्वासाहरूका छेउमा, अगस्त्य ऋषिहरूका समक्ष, भोले वावा गफडी ‘गाई-प्राणी’ भन्दा एक सिन्को पर वा एक इन्ची उँभो केही हुन सके सत्ते ! धरोधर्म ! अनि के बिताउँछ यस्ता वंभोलेले !

कस्तो अग्नि-परीक्षा हुँदैछ !

कार्पेट काण्डेहरू ‘अग्नि-परीक्षामा छौँ’ भन्दैछन् । जनताका मान्छेलाई थुनाउने र कुटाउनेहरू ‘बौलाहाको समय आयो । खबरदार ! विदेशी दलालबाट सावधान ! भन्दैछन् । जोगी हुन बाँकी पहेंलाहरू ‘अग्नि-परीक्षा’ मा सायद सुनै-सुनले पंहेलपुर हुँदैछन् कोही भने कोहीचाहिँ वन मासेर खाएको धन ठाउँमा ठिकसँग राख्दैछन् । कति अग्निपरीक्षेहरू सुनै-सुनले स्वास्नीलाई पहेंलपुर पारेर नीलालाई ‘नीला-नीला’ पार्ने सुरमा छन् । एक जना अग्निपरीक्षेले गफडीलाई बतायो- ‘हेर्नुहोस् गफडीजिउ, दुई दिनको फुई मात्र हो, सबै रिकर्डेड छन्, देखाजायेगा ।’ अग्निपरीक्षेहरू रिकर्ड पनि गर्दैछन् रे । तर यो गफडी (मजा मानिमानी नाच्छ त्यसो हो भने) अग्निपरीक्षामा बसेका तपस्वीहरू खेस्ता मिलाउँदैछन् अरे । ‘आए ऑप, गए झटारो’ कति अग्निपरीक्षे टम्म गोजी यानं गत दिनका आफ्ना भूल सुधारी दौडधुप गरिरहेका छन् रे ! यता हडताल, प्रदर्शन, विरोध सव चलून्- उत्ता राम्रो बन्दोबस्त गर्न दाउ गरिहेछन् र अग्निपरीक्षेहरू ! धन्य यी बहादुर अग्निपरीक्षेहरू ।

सस्तो धाक-धम्की र घुर्की

‘देखाजायेगा’ धाक ! ‘यस्तो भए सहिने छैन ।’ धम्की । ‘यस्तो भइरह्यो भने देश डुब्ने छ !’ घुर्की ! पालै पालोसँग यस्तै रूपमा चल्छन् । एक दिन हडताली शिक्षकलाई धम्काइन्छ, अर्को दिन धाक लगाइन्छ र तेसै दिन घुर्की देखाइन्छ ! (सायद यसैलाई बाँदरघुर्की पनि भनिन्छ !) गतवर्षसम्म छात्र अनुशासनहीन थिए । केही दिनपहिले मजदुर अनुशासनहीन थिए र कतिपय वेला सम्स्थानका कर्मचारी वेडमान थिए- अहिले उच्छृङ्खल नम्वर एकमा आएका छन् शिक्षक । ’अग्निपरीक्षे’ हरू शिक्षकउपर धाक, धम्की र घुर्की पालै पालोसँग गरी गरिब, दमित, शोषित, पीडित शिक्षकको पेट काटेर कुर्सीमा घुमिरहेछन् ! धन्य छ । अग्निपरीक्षाको महिमा !

पातमा पात ! बातमा बात !

सोझो गफडीले सीताका कथामा अग्निपरीक्षा सुन्या थियो, बुझ्या भने थिएन । सोझो गफडीले ‘राष्ट्र’ ‘देशभक्ति’, ‘देशोन्नति’, ‘समन्वय’ धेरै कुरा सजिलै बुझेको थियो तर पातमा पात हुँदा झै बातमा बात हुँदा गफडी भन्दैछ- यतातिरको अग्निपरीक्षा र अरू कुराका अर्थ गफडी अब मजले बुझ्दैछ । गफडीले ‘राष्ट्र’ ‘देशभक्ति’ इत्यादि राम्रोसँग तब वुझेको ठहर्छ रे । लाटो, सोझो, गाईप्राणी चप्पलसिङ गफडी कारवालाका, बैंकवालाका, पँहेलपुर कम्पनीका गफ के ? अनि सुने पनि सुनोस्, बुझोस् ? जङ्गल-मङ्गल जान्दैन, ठेकापट्टा बुझ्दैन, रकमसक्रम हडप बुझ्दैन, बाठा हुन्छन् रे ! अग्निपरिक्षक र अवयोगी हुनलाई पहिला लुगा लाउने भएका छन् रे ! लौ जे गरून् । लठुवा गफ आज यहीँ तुरूँ । आगे फेरि ।
युगज्ञान वर्ष ११, अङ्क २५, २०३७

०००
झापा
‘गफडीको गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x