साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युग चाहिएन

न बासना लाग्दछ फूल प्यारो प्रदिप्त आभा पनिभो अँध्यारो न जूनको कान्ति छ उच्च प्यारो छ शून्य संसार सबै अँध्यारो ॥

Nepal Telecom ad

हरिप्रसाद चौलागाईं :

रुदैछ यो विश्व कहालिएर
सकेन खै बस्न नआत्तिएर
मिलेन बाटो परसम्म जाने
बसेर मात्रै अब के छ खाने ॥१॥

न चल्छ धन्दा कल कारखाना
भए पुराना अघिका खजाना
उपाय मिल्दैन गरेर खाने
न खेत बारी कुन ठाउँ जाने ॥२॥

जताततै त्रास छ रोग बढ्दो
देखिन्न चाला किन व्याधि घट्ट्यो
जिजीविषाको धर पाइएन
सुधारिएको युग चाहिएन ॥३॥

विज्ञानशाला धमिरा अघाए
नकामका पत्रु सरी बनाए
लखेट्छ व्याधी सँग काल पापी
नमार्ग छाड्ला यसले सरापी ॥४॥

नवीन जोडी सपना तमाम
डुबे अँध्यारा गहिरो कुवामा
प्रभात लाली पनि शून्य ठान्छन्
विरक्त ताना मनभित्र चल्छन् ॥५॥

न बासना लाग्दछ फूल प्यारो
प्रदिप्त आभा पनिभो अँध्यारो
न जूनको कान्ति छ उच्च प्यारो
छ शून्य संसार सबै अँध्यारो ॥६॥

निराश त्यागौँ अझ धैर्य राखौँ
र जिन्दगीका सुख दुःख चाखौँ
चले त यो जीवन बाध्यताले
जितिन्छ कालै पनि धीरताले ॥७७॥

०००
काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कता काल भाग्यो ?

कता काल भाग्यो ?

हरिप्रसाद चाैलागाइँ
गुनासो शहीदको

गुनासो शहीदको

हरिप्रसाद चाैलागाइँ
अस्मिता कुल्चियाे

अस्मिता कुल्चियाे

हरिप्रसाद चाैलागाइँ
विपना नझरून्

विपना नझरून्

हरिप्रसाद चाैलागाइँ
चुल्हो कहाँ बल्छ र ?

चुल्हो कहाँ बल्छ र...

हरिप्रसाद चाैलागाइँ
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x