साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्मिता कुल्चियाे

स्वार्थको ताउलो घुम्छ उत्ताउलो दम्भका थालमा थाप्दछन् जाउलो भिक्षुले माग्छ के प्राप्त के हुन्छ त्यो फेरि यो देशको अस्मिता कुल्चियो ॥

Nepal Telecom ad

हरिप्रसाद चौलागाईं :

ज्ञान विज्ञानको सृष्टिको शिल्पको
देश यो शक्तिको शान्तिको कुञ्ज हो
वीरता धीरता विश्वको श्रेष्ठ यो
हेर यै देशको अस्मिता कुल्चियो ॥१॥

तारिका अल्झिए सृष्टिका गर्भमै
जो थिए गैगए घुम्न त्यै स्वर्गमै
सृष्टि हे भूमि हे मातृ हे हेर यो
लौन यो देशको अस्मिता कुल्चियो ॥२॥

घुम्दछन् सण्ड यी मुण्डमाला धरी
ताक्दछन् इन्द्रको आसनी अप्सरी
लोभले क्षोभले दम्भले उम्लियो
के भनौ देशको अस्मिता कुल्चियो ॥३॥

स्वार्थको ताउलो घुम्छ उत्ताउलो
दम्भका थालमा थाप्दछन् जाउलो
भिक्षुले माग्छ के प्राप्त के हुन्छ त्यो
फेरि यो देशको अस्मिता कुल्चियो ॥४॥

जाग हे देशका शक्तिका पुञ्ज हो
कोपिला कुल्चिए बागको कुञ्जको
हेर यो देशका स्वाभिमानी हियो
भिल्लले देशको अस्मिता कुल्चियो ॥५॥

०००
काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
युग चाहिएन

युग चाहिएन

हरिप्रसाद चाैलागाइँ
कता काल भाग्यो ?

कता काल भाग्यो ?

हरिप्रसाद चाैलागाइँ
गुनासो शहीदको

गुनासो शहीदको

हरिप्रसाद चाैलागाइँ
विपना नझरून्

विपना नझरून्

हरिप्रसाद चाैलागाइँ
चुल्हो कहाँ बल्छ र ?

चुल्हो कहाँ बल्छ र...

हरिप्रसाद चाैलागाइँ
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x