साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विपना नझरून्

असुर हटुन् सुरको नगरी । अझ किन मर्कटको पगरी ॥ सुजन बुझौँ जन चेत भरौँ । अझ धमिरा भरमा नपरौँ ॥

Nepal Telecom ad

हरिप्रसाद चौँलागाईं :

छ कुमतिका पथमा मति त्यो ।
अझ अति नै खतको गति यो ॥
विटप चरा अब ती नमरून् ।
नहुनु भयो विपना नझरून् ॥१

अब त यता नद मात्र रह्यो ।
जलचरको घरबास गयो ॥
जनमन झन् अझ त्रास छ यो ।
जन सपना त मरे हद भो ॥२

भव भुमरी नित बढ्छ यतै ।
दिनकर हे गर शान्त सबै ॥
पशुपति बुद्धि दिउन् पशुको ।
प्रलय हटोस् जन भू स्थलको ॥३

छ कुसुमको सपना मनमा ।
पवन हुरी नबने वनमा ॥
सुन असिना मुजुरा नमरून् ।
तजबिज होस् विपना नमरून् ॥४

असुर हटुन् सुरको नगरी ।
अझ किन मर्कटको पगरी ॥
सुजन बुझौँ जन चेत भरौँ ।
अझ धमिरा भरमा नपरौँ ॥५

०००
काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
युग चाहिएन

युग चाहिएन

हरिप्रसाद चाैलागाइँ
कता काल भाग्यो ?

कता काल भाग्यो ?

हरिप्रसाद चाैलागाइँ
गुनासो शहीदको

गुनासो शहीदको

हरिप्रसाद चाैलागाइँ
अस्मिता कुल्चियाे

अस्मिता कुल्चियाे

हरिप्रसाद चाैलागाइँ
चुल्हो कहाँ बल्छ र ?

चुल्हो कहाँ बल्छ र...

हरिप्रसाद चाैलागाइँ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x