साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुल्हो कहाँ बल्छ र ?

आफ्नाको घरमा सधैं छ झगडा त्यो एउटै दाउमा कल्ले गर्दछ रेखदेख र सिमा यी वेदना घाउमा देशैको ढुकुटी र आय कमिलालाई चिनी झै भयो जो जो छन् दल साँठगाँठ कसिलो पोल्टो उसैले भर्याे ॥

Nepal Telecom ad

हरिप्रसाद चाैलागाइँ :

छानो छैन बसेर रातदिनको संस्कारका खातिर
माटो छैन टिपेर लाउँ म टिका सम्मानका खातिर
मेरो जन्मथलो छँदै छ मुटुमा साह्रै गढेको किलो
बग्दैछन् परदेशमा त पसिना चस्कन्छ भित्रै पिलो ॥१॥

टालो एक मिलेन लाज चुहियो छानो कहाँ बन्छ र ?
औंलोमात्र टिकाउने जमिन खै के खानु के फल्छ र ?
धर्नामा परदेशका निकटमा बस्छौं सिमाका निर
राती बास बस्यो बिहान उठिंदा उठिन्छ अर्कैतिर ॥२॥

भित्रैसम्म चसक्क दुख्दछ हियो देखेर संस्कार यो
जाग्दै उठ्दछ स्वाभिमान मुटुको देख्दा सबै चाल यो
गोली बारुदका बुँदा सकसका खप्छौँ र गाली पनि
चारो हाल्नु छ पेट पाल्नु छ अहो ! बन्दी उतै जीवनी ॥३॥

आफ्नाको घरमा सधैं छ झगडा त्यो एउटै दाउमा
कल्ले गर्दछ रेखदेख र सिमा यी वेदना घाउमा
देशैको ढुकुटी र आय कमिलालाई चिनी झै भयो
जो जो छन् दल साँठगाँठ कसिलो पोल्टो उसैले भर्याे ॥४॥

बाँधैमा कति डुब्छ यो मुलुकको निर्बाहको जिन्दगी
बस्ने बास कताकता जलतलै भौंतारिँदो जिन्दगी
चम्चे भाट बनेर खास उसकै छन् ढाडिने खच्चर
यस्तो हालतमा छ देश दुनियाँ चुल्हो कहाँ बल्छ र ? ॥५॥

०००
हुन्छ पक्कै बिहानी (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
युग चाहिएन

युग चाहिएन

हरिप्रसाद चाैलागाइँ
कता काल भाग्यो ?

कता काल भाग्यो ?

हरिप्रसाद चाैलागाइँ
गुनासो शहीदको

गुनासो शहीदको

हरिप्रसाद चाैलागाइँ
अस्मिता कुल्चियाे

अस्मिता कुल्चियाे

हरिप्रसाद चाैलागाइँ
विपना नझरून्

विपना नझरून्

हरिप्रसाद चाैलागाइँ
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x