साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुनासो शहीदको

कोशी छ कोस छ टमक्क जमाइएको चीत्कार छन् बगर तीर सुकाइएको टिष्टा निल्यो र पनि पेल्दछ फेरि मेची खान्छन् कि शासकहरू अब देश बेची ॥

Nepal Telecom ad

हरिप्रसाद चाैलागाइँ :

कल्लोल क्रन्दन कतातिर रुन्छ काली
कुण्ठा अनेक मनका सपना पखाली
बैराग राग छ उधैतिर तीर बोक्छ
संवेग वेग छ कडा कुन शक्ति रोक्छ ॥१॥

बोल्दैन देश दुनियाँ किन लिम्पियामा
डुल्दै कतातिर पुगे अघिका सिमाना
द्याता बने कि त धिराज र साँपलाई
पाले अथाह कि सधैंभरि दूध प्याई ॥२॥

टन्कन्छ त्यो टनक टन्टन झन् टनक्क
झन्कन्छ यो हृदय आज उसै झनक्क
ताक्दै छ कञ्चट र कञ्चनतर्फ बढ्छ
बायो सबै दशगजा र गजक्क पर्छ ॥३॥

सुस्ता सुसाउँछ सधै कति छन् गुनासा
सुन्दैन राज्य किन हो छ सधै तमासा
बाँधेर बाँध जमिनै सब तालमा छ
भत्काउनै यदि गए अब गाल हुन्छ ॥४॥

कोशी छ कोस छ टमक्क जमाइएको
चीत्कार छन् बगर तीर सुकाइएको
टिष्टा निल्यो र पनि पेल्दछ फेरि मेची
खान्छन् कि शासकहरू अब देश बेची ॥५॥

०००
बनेपा, काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
युग चाहिएन

युग चाहिएन

हरिप्रसाद चाैलागाइँ
कता काल भाग्यो ?

कता काल भाग्यो ?

हरिप्रसाद चाैलागाइँ
अस्मिता कुल्चियाे

अस्मिता कुल्चियाे

हरिप्रसाद चाैलागाइँ
विपना नझरून्

विपना नझरून्

हरिप्रसाद चाैलागाइँ
चुल्हो कहाँ बल्छ र ?

चुल्हो कहाँ बल्छ र...

हरिप्रसाद चाैलागाइँ
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x