साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुतको सालो

धेरैलाई खुलदुली लाग्न सक्छ - “भुतको सालो” त आरसी रिजाल भए, भिनाजु चाहिँ को होला ? उहाँ हुनुहुन्छ ...स्व वासुदेव लुइँटेल । भिनाजु र सालोको बारेमा गाम्नागेजीले उपयुक्त समयमा व्याख्या गर्नु हुनेनै छ ।

Nepal Telecom ad

आरसी रिजाल :

अरुलाई कस्तो लाग्छ कुनि ? म लक्ष्मण गाम्नागेजीलाई वर्तमान समयका शसक्त हास्यव्यङ्ग्य लेखक ठान्दछु । म यो ठाउँसम्म आइपुग्नुको अबजस चट्याङ् मास्टरजीलाई मात्र दिन्न गाम्नागेजीलाई पनि उत्तिकै दोषी ठान्दछु । उहाँहरूको फुर्फुर्‍याई र धापमराइ मेरो लागि बिरुवालाई मलजल हाले झैं भएको छ । उहाँहरूले चङ्गा उडाएझैँ आकाशतिर उडाए पनि मलाई काहाली लाग्दैन । कारण लट्टाई त उहाँहरूकै हातमा छ । त्यसैले म निर्धक्क उडिरहेको छु… उडिरहन्छु । यस्तैहरू हुन् मलाई हल्ला नगरी सल्लाह दिने पनि ।

अर्को उहाँहरूले झर्को नमान्ने विषय पनि किन लुकाउनु ? मलाई उहाँहरूभन्दा बढी सास फेरेको अनुभव छ । तर म आफुलाई अग्रज ठान्दिनँ । साहित्यमा अग्रज हुन पुस्तकको सङ्ख्या र सास फेरेको अनुभवले मात्र हुँदैन । हेर्ने त उसको सिर्जना हो ।

अब फेरि गाम्नागेजीतिर लागुगत भाद्र २२ गते फित्कौली डटकमको दोस्रो वार्षिक कार्यक्रममा मलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रममा गम्नागेजीले मलाई… “भुतको सालो” भन्ने उपाधि मौखिक रुपमा अर्पण गर्नु भयो । मैले… “सरकारी क्षेत्रबाट यस्तो उपाधि प्रदान गरेको भए सोच्नु पर्थ्यो । तर यत्रा साहित्यकारबीच सिस्नुपानी नेपालका अध्यक्षले प्रदान गर्नु भएको यो उपाधि सहर्ष स्वीकार गर्छु” भनेँ । धेरैलाई खुलदुली लाग्न सक्छ – “भुतको सालो” त आरसी रिजाल भए, भिनाजु चाहिँ को होला ? उहाँ हुनुहुन्छ …स्व वासुदेव लुइँटेल । भिनाजु र सालोको बारेमा गाम्नागेजीले उपयुक्त समयमा व्याख्या गर्नु हुनेनै छ ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

 फित्कौली सम्मान तथा पुरस्कार वितरण समारोहमा यो भूतको भिनाजु र सालोको प्रसंग रमाइलो लागेर मैले शब्दपथको कार्यक्रमसम्बन्धी समाचारमा टिप्पणी गर्दा उल्लेख गरेको थिएँ । मलाई पनि रमाइलो लागेको प्रसंग हो- यो ।

Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
1
0
Would love your thoughts, please comment.x
()
x