साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गतिला नेता

केले ढाक्नु म यो शरीर कसरी जोगाउने हुर्मत दुब्ला रुग्ण खियाउटा यी टुहुरा के ख्वाइ पालौं अब मेरै किस्मतको लुटेर पशिना साँडा बनेको छ त्यो एैले पर्न गएँ म आफू पथरा उद्धार खै गर्छ को ?

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

चेलीका कुटुरी र थैली, बटुवा फोरी खुतुर्के लग्यो
लैना गाई दुधालु भैसी र खसी दाम्ला फुकाली लग्यो
धोक्रा धान मकै र मासतिलका नाम्ला फुकाली लग्यो
लाजै छैन अझै म स्वच्छ, गतिलो भन्दैछ हूँडार त्यो

आयो राम अवश्य फेर्छ यसले देशै सपार्ने जुनी
उल्लू छानी लगाइ झप्पू यसले उत्पात गर्नेछ नि
यै हो नाथ अनाथको भनी चल्यो आशाबरीको धुन
चल्ला चोर परेछ त्यो गरिवको पिँउँदै छ आलो खुन ।

गाई गीत मिठा मिठा फनफनी घुम्दै र नाँच्दै गरी
आयो सुन्दर त्यो मयूर जिउमा रङ्गीन बुट्टा भरी
एक्कासि जव प्वाँख चैं झरिगयो निर्बाङ्ग काया भयो
बूढो बाज रहेछ घरघरपसी चल्ला शिकारी भयो ।

केले ढाक्नु म यो शरीर कसरी जोगाउने हुर्मत
दुब्ला रुग्ण खियाउटा यी टुहुरा के ख्वाइ पालौं अब
मेरै किस्मतको लुटेर पशिना साँडा बनेको छ त्यो
एैले पर्न गएँ म आफू पथरा उद्धार खै गर्छ को ?

काऊसो कि लुतो जनाइखटिरो यो दुःखमात्रै दिने
या हो यो अरिँगाल बिच्छी बनको डस्ने र छोडी दिने
वनढाडे चितुवा अजिंगर कि हो लुछ्ने र खाने सदा
आफ्नै पूत कपूतदेखि जननी रुन्छिन् सदा सर्वदा ।

०००
नयाँ बानेश्वर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x