साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तरवार्ता (प्रहसन)

सांसदहरूः अन्त्यमा, भनिदिनोस् न त तपाईंलाई नै छनौट गर्नु पर्ने चैँ किन ? प्रस्तावित राजदूतः म जत्तिको योग्य, अनुभवी, इमान्दार अनि सरकारप्रति बफादार त अरु हुनु पनि पर्‍यो नि !

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

(संसदीय सुनुवाई समितिको कार्यालय, सिंहदरबारमा राजदूत सिफारिसका लागि प्रस्तावित राजदूतमाथि लागेका विभिन्न आरोपहरू लगायतका विषयमा बुझ्ने काम भइरहेको छ ।)

प्रस्तावित राजदूतः (हलभित्र प्रवेश गर्दै) अभिवादन हजुर ।
सांसदहरूः अभिवादन । बस्नुस् । खै तपाइँका कागजपत्रहरू हेरौँ ।
प्रस्तावित राजदूतः ( हातमा च्यापेको फाईल अगाडि बढाउँदै) यी लिनोस् हजुर ।
सांसद १ः आफ्नो परिचय गराउनोस् न त । हुन त सबै कुरा यहिँ छ, खाली औपचारिकता लागि मात्र ।
प्रस्तावित राजदूतः म तोलारामको नाति, भोलारामको छोरा, झोलाराम । बसाई यहिँ नेपालटार ।
सांसद २ः भर्खरै सेवाबाट निवृत्त हुनु भएको रहेछ । हैन यो रेस्ट गर्नु पर्ने बेला के को टेस्ट हो फेरि !
प्रस्तावित राजदूतः के गर्नु यो देश र जनताको लागि तपाईंको योग्यता र अनुभवको अझै खाँचो छ भनेर उच्च राजनैतिक नेतृत्वले अनुरोध गरे पछि हार्न सकिनँ ।
सांसद ३ः हैन कसरी सक्नु हुन्छ हो यसरी सबैलाइ खुशी पार्न । तपाईंको नाम त धेरैतिरबाट एकसाथ सिफारिस भएर आएको छ त ?
प्रस्तावित राजदूतः मैले सक्दा र मसँग हुँदा मैले सबैलाई सम्झने गरेको छु सायद त्यै भएर होला उहाँहरूले पनि मलाई सम्झनु भएको ।
पूरक प्रश्नः ल ठिकै छ । अरु अरुलाई त त्यसरी सम्झनु हुँदोरहेछ, खै हामीलाई त कहिल्यै सम्झ्या होइन ।
प्रस्तावित राजदूतः हजुरहरूले मलाई सम्झनु भयो भने म पनि हजुरहरूलाई कहाँ बिर्सन सक्छु र !
सांसद ४ः तपाईंलाई पनि थाहै होला यतिखेर हामी तपाईंलाई लागेका विभिन्न आरोपहरूका सम्बन्धमा तपाईंका धारणाहरू बुझ्ने प्रयास गर्दैछौँ । कतिपय आरोपहरू गम्भीर प्रकृतिका पनि छन्, के भन्नु हुन्छ ?
प्रस्तावित राजदूतः धोबीहरू भगवान रामका पालामा पनि थिए, अहिले पनि छन् त्यसले केहि फरक पर्दैन ।
सांसद ५ः तपाईं त परराष्ट्र विज्ञ पनि है, भनिदिनुहोस् न त हाम्रा दुइ छिमेकी मुलुकहरू चिन र भारतसँगको सम्बन्धलाई हामीले कसरी सन्तुलित गर्नु पर्ला ?
प्रस्तावित राजदूतः सजिलो छ, चिनमा जाँदा हामी एक चिन नीतिप्रति प्रतिवद्ध छौँ भन्नु पर्छ र भारतीयहरूसँग स्वतन्त्र तिव्बतका कुरा उठाउनु पर्छ, दुवै खुशी हुन्छन् ।

सांसद ६ः भ्रष्टाचारमा यो सुन्ने सहनशिलता भनेको चैँ के हो, तपाईंको विचारमा ?
प्रस्तावित राजदूतः शब्द आफैँमा स्पष्ट छ, भ्रष्टाचारका विषयमा उठ्ने कुरालाई ध्यान दिएर, सहनशील भएर सुन्नु पर्छ भनेको । गर्ने आफ्नो सुर त छँदैछ ।
सांसद ७ः अलिक फरक प्रसङ्गमा जाउँ, बङ्गलादेशमा त शेख हसिनाले देश छोडेर भागेपछि नोबेल पुरस्कार विजेता डा.मोहमद् युनुसलाई सरकारको जिम्मा लगाए नि ?
प्रस्तावित राजदूतः नेपालमा पनि त म्यागासेसे अवार्ड बिजेता डा.महावीर पुन छन् त, यो पनि एशियाको नोबेल पुरस्कारै हो ।
सांसद ८ः तपाईंको विचारमा रेल र पानी जहाज पछि सरकारको भावी योजना के हुनु पर्छ अब ?
प्रस्तावित राजदूतः सरकारले अब आफ्नै स्याटेलाईट स्थापना गर्ने कुरालाई जोरसोरले अगाडि बढाउनु पर्छ ।
पूरक प्रश्नः सम्भव छ ?
प्रस्तावित राजदूतः किन नहुनु, पूर्वाधार तयार भइसकेको छ । अग्ला अग्ला डाँडामा बनेका भ्युटावरहरू बेकामी भएर बसेका छन् । त्यैमाथि लगेर राख्नु टक्क राख्दिनु पर्छ, सक्किगो नि ।
सांसद ९ः घरेलु कामदारको रुपमा विदेश गएका महिलाहरूको सुरक्षाको सवालमा केहि सोच्नु भा छ कि ?
प्रस्तावित राजदूतः पहिला देशभित्रै निर्मला पन्तहरूको सुरक्षा कसरी गर्न सकिन्छ सोचौँ, त्यसपछि त्यताको पनि सोच्दै गरौँला ।

सांसद १०ः गठबन्धन परिवर्तनसँगै राजदूत परिवर्तन भैरहँदा विदेशमा नकारात्मक सन्देश जाँदैन ?
प्रस्तावित राजदूतः बिल्कुल जाँदैन, विदेशीहरूले त झन् नेपालीहरू क्या परिवर्तनशील रहेछन् भनेर बुझ्छन् । परिवर्तनशील हुनु त राम्रो कुरा हो नि, हैन र ?
सांसद ११ः तपाईं परराष्ट्रमा भएका बेला युरोपको भ्रमणमा जाँदा साथमा लगेका केहि युवाहरूलाई उतै विदेशमै छोडेर आउनु भयो रे भन्ने आरोप पनि छ नि तपाईं माथि ?
प्रस्तावित राजदूतः छोड्या होइन, छुट्या हुन् । युरोपको त्यो चकाचौंधमा काँ छुटे छुटे । खोज्या पनि हो, नभेटेसि के गर्नु ।
सांसद १२ः तपाईंले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहँदा मन्त्रालयकै एकजना महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नु भयो रे भन्ने आरोप पनि छ नि, के भन्नु हुन्छ ।
प्रस्तावित राजदूतः ए… त्यो पुरानो कुरा । हल्का मिस्टेक भा हो, त्यो मैले मिलाई सक्या छु ।
सांसदहरूः यौन दुर्व्यवहारका कुरालाई नि हल्का रुपमा लिन मिल्छ ?
प्रस्तावित राजदूतः दुर्व्यवहार नै हैन त्यो । जोरजबर्जस्ती हो र दुर्व्यवहार हुन ? सहमतिमा भएको कुरा ।
सांसद १३ः गृह मन्त्रालयमा रहँदा कर्मचारीको सरुवा बढुवाबाट पनि मोटो रकम हात पार्नु भयो रे भन्ने पनि आरोप छ नि तपाईंमाथि ।
प्रस्तावित राजदूतः के हात पारेँ भन्नु, सबैतिर छर्दा मेरो हातमा त कति रह्यो र !
सांसद १४ः तपाईंले त उमेर ढाँटेर जागीर खानु भयो रे भन्ने आरोप पनि छ नि !
प्रस्तावित राजदूतः ए त्यै जन्ममिति फरक परेको कुरालाई भन्न खोज्नु भा होला, नागरिकता पुरानो भ’र प्रतिलिपि निकाल्न ग’को, फाँटवालाले मिस्टेक गर्देछ भन्या !
सांसद १५ः अनि तपाईंले त आफ्नो घर हुँदाहुँदै घरभाडा सुविधा पनि लिनु भयो रे !
प्रस्तावित राजदूतः काँ मेरो घर हुनु । त्यो कोटेश्वरको घर ठुलो छोराको, बानेश्वरको कान्छाको, म नेपालटारमा श्रीमतीको घरमा बसिराछु अहिले ।
सांसदहरू: तपाईंसँग त युरोपको पि आर पनि छ रे !
प्रस्तावित राजदूतः धरोधर्म छैन । तामातुलसी हातमा लिएर किरिया हाल्न सक्छु, कस्तो कुरो गर्या होला !

पूरक प्रश्नः छोरा, छोरी, म्याम पनि उतै युरोपतिरै हुनुहुन्छ क्यारे उहाँहरूसँग चैं होला !
प्रस्तावित राजदूतः अब उनीहरूको कुरो चैँ उनीहरूलाई नै सोध्नोस् है, मलाई था छैन ।
सांसदहरूः अन्त्यमा, भनिदिनोस् न त तपाईंलाई नै छनौट गर्नु पर्ने चैँ किन ?
प्रस्तावित राजदूतः म जत्तिको योग्य, अनुभवी, इमान्दार अनि सरकारप्रति बफादार त अरु हुनु पनि पर्‍यो नि !
सांसदहरूः हस्, तपाईं अहिले जान सक्नु हुन्छ ।

(स्मरण रहोस् संसदीय सुनुवाईको प्रक्रिया पूरा गरेर बहुमत सांसदहरूले उहाँलाई राजदूतमा सिफारिस गर्नु भएको छ ।)

०००
हेटौंडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

उत्तम !

Nepal Telecom ad
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
हामी यो देशलाई थाइलैण्ड बनाउँछौँ

हामी यो देशलाई थाइलैण्ड...

मीनप्रसाद लामिछाने
एकैछिनकाे टेम्पाे यात्रा

एकैछिनकाे टेम्पाे यात्रा

मीनप्रसाद लामिछाने
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x