साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिना हाडको जिब्रो

कृपया सबै शान्त भएर बस्दिनुपर्यो । हाम्रो कार्यक्रम अझै आधा भएको छैन । नेताजीको जिब्रोमा हाड छैन भन्नेकुरा बुझ्दिनुहोस् । उहाँले के भन्न खोज्दा के भन्नुभयो । उहाँको तर्फबाट हामी क्षमाप्रार्थि छौँ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

देशबाट विदेशीका दलालहरूलाई खेद्नु मेरो उदेश्य हो । मलाई भोट दिए मैले देश सुइट्जरलैण्ड बनाई दिइन्छ । भ्रष्टाचारको नामो निसान मेटाइदिन्छु । बस एक पटक मलाई देश र जनताको सेवा गर्ने मौका दिनुहोस् ।- रिडमले जोसिलो भाषण गरे। दर्शक दर्घाबाट पनि खुब तालि पिटेर सम्मान गरेको परिचय दिए ।

साइत वि.सं. २०८४ को मिसन थियो । मन्त्री बनेपछि आफ्नो चुनावी क्षेत्रको अचेल नेताले भ्रमण गरिरहेका थिए।

मञ्चमा आसिन अतिथि र भुइँमा बसेका जनता सबैले वाह- वाह गर्दै बिच बिचमा ताली पिटेर हैसला दिइरहेका थिए ।

रिडमले हलभरि गम्भीर भएर नियाल्यो- मञ्चमा नियाल्यो । उसको छाती जनताको उपस्थिति र उनीहरूले बजाएको ताली सुनेर चाक्लो भयो र मनमनै भन्यो- यी जनता मलाई सुन्न आएका हुन् । यही मौका हो थोरै आफ्नै मनको पनि
इच्छा पूरा गर्नै पर्छ । ऊ फेरि बोल्न सुरू गर्यो-
“मलाई एक मौका दिनोस्, म ढिलो चाँडो यो देशलाई भारत बनाई दिन्छु।

अहिले जनताबाट तालि बजेन। “सुइट्जरलैण्ड बनाउँछु भन्दा थुप्रो तालीले स्वागत भयो । तर भारत बनाई दिन्छु भन्दा केही प्रतिकृया आएन । कतै मैले गलत त बोलिनँ ?”- उसले मनैमन सोंच्यो र आफैसँग प्रश्न गर्यो ।

मञ्चबाट बिस्तारै जनता उठेर हिँड्न थाले। सञ्चालकले रिडमको हातबाट माइक लियो र भन्यो-
“कृपया सबै शान्त भएर बस्दिनुपर्यो । हाम्रो कार्यक्रम अझै आधा भएको छैन । नेताजीको जिब्रोमा हाड छैन भन्नेकुरा बुझ्दिनुहोस् । उहाँले के भन्न खोज्दा के भन्नुभयो । उहाँको तर्फबाट हामी क्षमाप्रार्थि छौँ।” – उसले माइकबाट खुबै अनुरोध गर्यो चिच्यायो तर पनि जनता रोकिएनन् ।

०००
घोराही- १८, दाङ
११-०९-२०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x