सुरेशकुमार पाण्डेबिना हाडको जिब्रो
कृपया सबै शान्त भएर बस्दिनुपर्यो । हाम्रो कार्यक्रम अझै आधा भएको छैन । नेताजीको जिब्रोमा हाड छैन भन्नेकुरा बुझ्दिनुहोस् । उहाँले के भन्न खोज्दा के भन्नुभयो । उहाँको तर्फबाट हामी क्षमाप्रार्थि छौँ।

सुरेशकुमार पाण्डे :
देशबाट विदेशीका दलालहरूलाई खेद्नु मेरो उदेश्य हो । मलाई भोट दिए मैले देश सुइट्जरलैण्ड बनाई दिइन्छ । भ्रष्टाचारको नामो निसान मेटाइदिन्छु । बस एक पटक मलाई देश र जनताको सेवा गर्ने मौका दिनुहोस् ।- रिडमले जोसिलो भाषण गरे। दर्शक दर्घाबाट पनि खुब तालि पिटेर सम्मान गरेको परिचय दिए ।
साइत वि.सं. २०८४ को मिसन थियो । मन्त्री बनेपछि आफ्नो चुनावी क्षेत्रको अचेल नेताले भ्रमण गरिरहेका थिए।
मञ्चमा आसिन अतिथि र भुइँमा बसेका जनता सबैले वाह- वाह गर्दै बिच बिचमा ताली पिटेर हैसला दिइरहेका थिए ।
रिडमले हलभरि गम्भीर भएर नियाल्यो- मञ्चमा नियाल्यो । उसको छाती जनताको उपस्थिति र उनीहरूले बजाएको ताली सुनेर चाक्लो भयो र मनमनै भन्यो- यी जनता मलाई सुन्न आएका हुन् । यही मौका हो थोरै आफ्नै मनको पनि
इच्छा पूरा गर्नै पर्छ । ऊ फेरि बोल्न सुरू गर्यो-
“मलाई एक मौका दिनोस्, म ढिलो चाँडो यो देशलाई भारत बनाई दिन्छु।
अहिले जनताबाट तालि बजेन। “सुइट्जरलैण्ड बनाउँछु भन्दा थुप्रो तालीले स्वागत भयो । तर भारत बनाई दिन्छु भन्दा केही प्रतिकृया आएन । कतै मैले गलत त बोलिनँ ?”- उसले मनैमन सोंच्यो र आफैसँग प्रश्न गर्यो ।
मञ्चबाट बिस्तारै जनता उठेर हिँड्न थाले। सञ्चालकले रिडमको हातबाट माइक लियो र भन्यो-
“कृपया सबै शान्त भएर बस्दिनुपर्यो । हाम्रो कार्यक्रम अझै आधा भएको छैन । नेताजीको जिब्रोमा हाड छैन भन्नेकुरा बुझ्दिनुहोस् । उहाँले के भन्न खोज्दा के भन्नुभयो । उहाँको तर्फबाट हामी क्षमाप्रार्थि छौँ।” – उसले माइकबाट खुबै अनुरोध गर्यो चिच्यायो तर पनि जनता रोकिएनन् ।
०००
घोराही- १८, दाङ
११-०९-२०२४
Subscribe
Login
0 Comments
Oldest







































