साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कता काल भाग्यो ?

आनन्द खेत जलको छ समाधिभित्र फूल्छन् अहा ! कमलपुष्पहरू विचित्र लेख्दैन पुत्र पनि पत्र भनेर आमा भर्दै छु ताल घरकै म चिसो कुनामा ॥

Nepal Telecom ad

हरिप्रसाद चौलागाईं :

खाडी युवा घर सधैँ अति रुग्णतामा
आगो बलेन घरमा विधि बाध्यतामा
हेरेर मार्ग बिकलाङ्ग अशक्त आमा
बस्छिन् कठै गह भरेर चिसो कुनामा ॥१॥

छैनन् घरैघर कतै युवती र बाला
बस्छन् सबै शहरमा सुर रोजगार
छानो चुहुन्छ घरको न त अन्न नै छ
ओछ्यान मै कुटिल घाम चरक्क लाग्छ ॥२॥

को हेर्छ आज घरमा छ सबै उजाड
पस्दैन यो घर कुनै पनि चाडबाड
हा कष्ट जङ्गलसरी घरबार नै भो
बारी अघाउँछ मजासँगले खरायो ॥३॥

आनन्द खेत जलको छ समाधिभित्र
फूल्छन् अहा ! कमलपुष्पहरू विचित्र
लेख्दैन पुत्र पनि पत्र भनेर आमा
भर्दै छु ताल घरकै म चिसो कुनामा ॥४॥

ऊ टिप्छ कष्टकरका पसिना कता हो
खप्दै हवाल म छु यो विधि तिर्सनाको
लाग्दैन बाँच्न मन यो अति हड्बडायो
लाँदै छ लौ अब त काल कता हरायो ॥५॥

०००
काभ्रे

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
हरिप्रसाद चौलागाईं
हरिप्रसाद चौलागाईं
1 year ago

मेरा सिर्जनालाई स्थान दिनुहु फित्कौली परिवार प्रति हार्दिक आभार

Nepal Telecom ad
युग चाहिएन

युग चाहिएन

हरिप्रसाद चाैलागाइँ
गुनासो शहीदको

गुनासो शहीदको

हरिप्रसाद चाैलागाइँ
अस्मिता कुल्चियाे

अस्मिता कुल्चियाे

हरिप्रसाद चाैलागाइँ
विपना नझरून्

विपना नझरून्

हरिप्रसाद चाैलागाइँ
चुल्हो कहाँ बल्छ र ?

चुल्हो कहाँ बल्छ र...

हरिप्रसाद चाैलागाइँ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x