साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागिर गरेरै बसिस् ?

तेरो जागिरले तँलाई नै चक्मा दिन्छ खाइरहन सकिस् भने एउटा तक्मा दिन्छ त्यसलाई भित्तामा झुण्ड्याएर हेरिरहनू बैङ्कको तमसुक पल्टाएर केरिरहनू थुइक्क कान्छा !

Nepal Telecom ad

विष्णुप्रसाद आचार्य ‘अतृप्त’ :

भाउबेसाहा बढेको बढ्यै छ, छेकबार छैन
केले आकाशियो मूल्य ? कुनै केरकार छैन
जसले कृत्रिम अभाव र कार्टेलिङ चलाउँदै छ
त्यसले नै तालुमा आलु फलाउँदै छ
थुइक्क कान्छा !
तँ त खसिस् ! छङ्गाछुर भीरबाट खसिस् !
यस्तो बेलामा नि तँचाहिँ जागिरै गरेर बसिस् ?

झण्डा समाएको भए नेता हुन्थिस्
डण्डा घुमाएको भए अभिनेता हुन्थिस्
भीरमा उभिएर सिस्नाको बुटो समाइस्
बहादुर भइस् ! नाम ठूलै कमाइस्
थुइक्क कान्छा !
तँ त बसिस्; आरामसँग कुर्सीमा पो बसिस् !
यस्तो बेलामा नि तँचाहिँ जागिरै गरेर बसिस् ?

युट्युबर भएर एक थान क्यामेरा बोकेको भए
‘हिङसहितको टालो हुँ’ भन्दै आदर्श खोकेको भए
गोटीको हजारका दरले म्यारिज खेल्न पुग्थ्यो
हरेक छाक कुराउनी र चिज खान पुग्थ्यो
थुइक्क कान्छा !
तँ त पसिस्; सुरसाको मुखभित्र पसिस् !
यस्तो बेलामा नि तँचाहिँ जागिरै गरेर बसिस् ?

तेरो जागिरले तँलाई नै चक्मा दिन्छ
खाइरहन सकिस् भने एउटा तक्मा दिन्छ
त्यसलाई भित्तामा झुण्ड्याएर हेरिरहनू
बैङ्कको तमसुक पल्टाएर केरिरहनू
थुइक्क कान्छा !
तँ त फसिस्; मछवारेको महाजालमा फसिस् !
यस्तो बेलामा नि तँचाहिँ जागिरै गरेर बसिस् ?

स्रोतमै बाँध हालेर कर लैजान्छ
आफन्त बन्धु-बान्धवबाट पर लैजान्छ
साथीभाइ उक्लिसके हिमटाकुरामा
तेरो गर्व अहो ! अझै सुक्या पाखुरामा
थुइक्क कान्छा !
तैँले कसिस्; आफ्नो श्वासनली आफैँले कसिस् !
यस्तो बेलामा नि तँचाहिँ जागिरै गरेर बसिस् ?

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति थोक पो सम्झनु र खै !

कति थोक पो सम्झनु...

विष्णुप्रसाद आचार्य
मूर्तिको मैमत्याइँ

मूर्तिको मैमत्याइँ

विष्णुप्रसाद आचार्य
कसुर

कसुर

विष्णुप्रसाद आचार्य
म कागती

म कागती

विष्णुप्रसाद आचार्य
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x