चूडामणि रेग्मीअसाहित्यिक गफले छुटाउन खोज्ने भाउन्न !
जसले न लुसुनको नुन खाएको छ, न नेहरूको धन ! न माओको मन्त्र सुनेको छ न कार्टरको तन्त्र बुझेको छ ! गफडीजिउलाई मौका परे श्रीमती गफडीले नै ‘गेट आउट लफड्ङ्गा’ को सूचना दिन बेर लाउन्नन् !

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
कविताका कुरा ! साहित्यका कुरा !
यस देशमा आदिकवि र महाकवि झुक्किए जस्तो लाग्छ- यहाँ हुन । उनीहरूले जे-जस्ता कविता जे-जसरी जे-जस्तो प्रतिभाद्वारा सृजित गरे अचम्म लाग्छ । त्यसरी गरिएका सुजनावाट आदिकवि र महाकविको पग्री जसरी पाए, त्यो पनि आस्चर्ज लाग्छ । अरे वावा । कविता कथ्न खास सपना देखिरहनुपर्दैन, त्यति कल्पनाशील भइरहनु पनि जरुरी छैन । सडक-सडकमा वसेर पनि कविता-क्रान्ति गर्न सकिन्छ भने चम्चागिरी र गुप्तचरी गरी बचे-खुचेको छोटकरी टाइममा पनि सजिलै कविता कोर्न सकिन्छ, जस्तै-
मलाई टमाटर मन पर्छ !
फागुन-चैतमा यही बारीभरि फल्छ !
यसमा अधरामृतको स्वाद छ !
मलाई, तर बैगुन देख्दा रिस उठ्छ !
यो साक्षात् जार प्रतीत हुन्छ !
यद्यपि लौहतत्व भरिपूर्ण छ !
अथवा अर्को पनि यस्तै-
हे अफिसर हो.!
मलाई कविता मन पर्छ
तिमीलाई वन फाँड्न मन पर्छ
मलाई सुन मन पर्छ !
साहित्यका कुरा छाडौँ- पहेँला गफ लेखे पनि साहित्य र निला गफ लेखे पनि साहित्य । साहित्यको परिचय यस्तो छ जसद्वारा आफ्नो र आफन्तको हित हुन्छ, त्यो साहित्य हो ।
असाहित्यिक गफ !
एक जना बुज्रुगले (बुज्रुगको खुब फेला पर्ने ग्रहमा गफडीको जन्म भएको छ कि ? फर्माए, ‘गफडीजी गफ त तपाईं गर्छौँ, तर असाहित्यिक गर्छौँ ।’ गफडीलाई साँच्चै सोह्रै आना चित्त बुझेर आयो । बिस वर्ष शिक्षक पेसा गरेर पनि सिकारु भएको भाग्यमानी ठाउँ हो यो ! व्यङ्ग्य-सृजना, कथा-कुथुङ्ग्रीभन्दा अङ्ग्रेजी हिन्दी संस्कृतका कुरा बटुली अनुसन्धान गरेर डाक्टरी भइरहनुपर्ने मास्टर भएको ‘जगत् हो यो ! जहाँ कविलाई सूचना विभागको नर्तक बन्ने सौभाग्य प्रदान गरिन्छ ! जहाँ कविहरूलाई कविगोष्ठीको अध्यक्ष बन्ने सुवणर् मौका दिइन्छ त्यस्तो संसार हो यो ! जहाँ ढोका रुङ््ने र रुङाउने एउटै पदमा एकै दिनमा नियुक्त हुन्छन् । त्यस्तो विशालता भएको ठाउँ हो । जहाँ काम लादेर पराया गाईहरूलाई गधा बनाइन्छ, जहाँ काम हटाएर आफन्त गधालाई गाई बनाई सुताइन्छ । यो गरिमामय हिमाली देश हो । कहाँ हरितक्रान्तिबाट वनलाई नखती धन वनाइन्छ र जहाँ आफ्नो खातामा रुपियाँ जम्मा गर्न सजिला तरिकाद्वारा जे पनि सजिलै हुन्छ, जहाँ त्यस्तो अरहस्यमय ययिष्य जमातमा वस्ने अभ्रष्ट क्लवको सदस्य, नम्बर वान लवस्तराको सङ्घको छिमेकी, फस्टक्लास चेपारे भोजपार्टीका पिछलग्गू प्रिय गफडीका भावना कस्ता हुन्छन् र गफडी बकम्फुसे साहित्यमा साहित्य जमाओस् । असाहित्यिक गफ लेख्छ गफडी भन्ने महाशय भेट्टाए गफडी पाँच पैसा वकस गोजीमा भए र सबैलाई दिन पुगे टकर्याउँथ्यो होला !
साहित्य छाँट्ने भाग्यमानीहरू !
यहाँ त्यस्तालाई मजले साहित्य छाँट्ने सुवणर् मौका छ, जसले आफ्नो तपस्या बिर्सेर प्राज्ञको पगरीमा लट्ठ भएर कुर्सी के जाति गर्न सक्छन् ! यहाँ फलानाधीशले यसो मात्र मूल्याङ्कन गर्दै फलानाजिउ पनि भनिदिए उभर-पाभर केही दिए भने र कोनि के समितिका वरिष्ठ सदस्य वन्ने मौका पनि दिए भने त चुट्किला त अवश्य फुर्छन् ! अरू महादेवका त्रिनेत्रै खुल्छन् मौकामा ! राजनीतिमा खार आई हार खाई घुर्की दलको सदस्य हुनुपरे तथा उपिरफन्ड चुँडाउन केही समय बिसाउनु परे पनि साहित्यको दिव्य दर्शन केही समय त मिल्छ । अरे हजुर ! यहाँ साहित्य फुरेर मात्र होइन, साहित्यिक वन्न एउटा सुसंयोग वा साइत चाहिन्छ यसो आलोचक साम्प्रदायिक विचारको भए पनि केही हुन्छ, मौका परे लटरपटर कविता लेखे पनि ‘युगकवि’ हुन बेर लाग्दैन । यसो विसङ्गतिवादी, यसो प्रतीकवादी र यसो विभीषणवादी कविता टापलटुपल पारे ट्वाक्कै अत्याधुनिक कविमा दरिएर अरूले जति सम्मान् दिन्छन्, उति आफू वाह्न वर्ष कलम बिसाई वैरागी हुन बेर लाइँदैन । जसले जे भनोस्, यहाँ अञ्चलाधीश हुन, मन्त्री हुन मात्र होइन, साहित्यिक कहलिन पनि एउटा नियति’ चाहिन्छ, यस्तो नियतिले साथ दिए सबै कुरा भाग्यद्वार खुला ! लौ ! तसर्थ सबैले भन्ने त ‘गफडीको कुन नियति छ र ऊ साहित्यिक कहलिन सक्छ ?! जसले न लुसुनको नुन खाएको छ, न नेहरूको धन ! न माओको मन्त्र सुनेको छ न कार्टरको तन्त्र बुझेको छ ! गफडीजिउलाई मौका परे श्रीमती गफडीले नै ‘गेट आउट लफड्ङ्गा’ को सूचना दिन बेर लाउन्नन् ! (सत्ते ! हालसम्म लाएको त छैन है ! असाहित्यिक साहित्यिक अर्थात् पोचो गफडी भई गफ गरेबापत गफडी लदूराम भनिइसकिएको छ अनि त चैने जोछ सो ! कुरै नगरौं न अरु अब !
पातमा पात ! बातमा बात !
गफडीले कुरा लम्ब्यायो, पातमा बात भएझै बातमा बात हुँदा । आगे गफ गर्न पनि गफडीलाई पर्नु पिर परेको छ । इदम् भ्रष्टम् उदम् भ्रष्टम् वैरत्र पनि खतम, परत्र पनि खत्तम ! न अफिसरी ! न नेतागिरी ! न चाकरी ! न साहित्य ! न दर्जा ! न कुर्जा । गफडी पर्यो’ छ अच्चकाली बिचल्लीमा । तर मेरा हजोर हो ! भगवान्का (भए है । कृपाले नै भनौँ केही गफ गरेर कृपाले नै भए पनि कुरा सुन्ने पाठकहरूसँग मुख जोड्ने बरावर सुअवसर पाउँदैछ गरी कृपा जाजलाई यति नै भो । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क २७, २०३७
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































